नेताकाे शाेभा बढाउन हैन, जनताकाे सेवामा लाग्नुहाेस : केन्द्रीय सचिव विष्ट


लमजुङ । नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईन्चार्ज गाेकर्ण विष्टले कार्यकर्ताहरूलाई नेताकाे घरदैलाेमा शाेभा बढाउन भन्दा जनताकाे घरदैलाेमा पुगेर सेवा गर्न आग्रह गरेका छन् ।

शनिबार बेसिसहरमा आयाेजित नेकपा एमाले लमजुङको नवाैं जिल्ला कमिटी बैठकलाई संवाेधन गर्दै नेता विष्टले पार्टी सदस्यहरू चाकडी र सेवालागि नेताकाे घर काेठा चाहार्न छाेड्नुपर्ने बताए । उनले अब नेताकाे राम्राे बन्न घरकाेठा चाहर्नेकाे हैन, जनताकाे दैलाेमा पुगेर सुख दु:खमा साथ दिने नेता कार्यकर्ताकाे पार्टीमा मुल्यांकन हुने बताए ।

उनले पार्टीमा जिम्मेवारी र अबसर दिँदापनि कुनै नेताकाे गुटकाे, जाति वा नातागाेताकाे आधारमा विभेद नगर्न र कामकाे आधारमा मुल्यांकन गर्न सुझाव दिए । पार्टी भित्र देखिएका समस्याबारे संगठन भित्रै जमेर बहस गर्दै सुदृढीकरण र विस्तारमा अघि बढ्न उनले निर्देशन गरे ।

बैठकलाई केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश स्कुल विभाग प्रमुख मायानाथ अधिकारी, केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज रामशरण बस्नेत, केन्द्रीय सदस्य एवं, लमजुङको आठ वटै पालिका ईन्चार्ज जमीन्द्रमान घले, केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय सचिव डा. भिष्मनाथ अधिकारी, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले संवाेधन गरेका थिए।

बैठकमा पालिका कमिटी अध्यक्षहरूले गतिविधिहरू रिपाेटिङ गरेका थिए । जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद अधिकारीले बैठकका एजेण्डाहरू प्रस्तुत गरे र निर्णय गराए भने सहजीकरण सचिव शुभास पाैडेलले गरे ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist