रुकुम । जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार राती ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म ५० जना भन्दा बढीको मृत्यु भएको छ ।
रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी छ ।
नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको मृत्यु भएको खबर छ ।
भुकम्पबाट सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















