राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको विहिबार एक वर्ष पूरा भएको छ । साे अबसरमा रास्वपाले देशभर घण्टी बजाएकाे छ ।
रास्वपाले स्थापना दिबसको अवसरमा विहिबार साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक घण्टी बजाउने कार्यक्रम तय गरेको थियाे । नागरिकहरूलाइ आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घन्टी बजाएर यो यात्रामा ऐक्यबद्धता जनाउन रास्वपाले अनुरोध गरेको थियाे ।
यस अवसरमा रास्वपा लमजुङले लमजुङ सदरमुकाम बेसीशहरको भीमसेनस्थानमा बेलुकी ७ बजे घण्टी बजाउने कार्यक्रम सम्पन्न गरेकाे छ । रास्वपा बेसीशहर नगर कार्य समितिकाे आयाेजनामा भएकाे कार्यक्रममा बेसीशहरमा रहेका रास्वपा सदस्यहरूले ७७ पटक घण्टी बजाएका थिए ।
यस अघि रास्वपा लमजुङका सहसंयाेजक अशाेक सापकाेटाले रास्वपाकाे स्थापना, उद्देश्य, राष्ट्रिय राजनीतिमा रास्वपाले खेलेकाे भूमिका र समसामयिक राजनीतिका बारेमा मन्तब्य राखेका थिए ।
भीमसेन स्थानमा घण्टी बजाउने कार्यक्रम सम्पन्न गरेपश्चात रास्वपाका नेता कार्यकर्ताहरू सम्मिलित जुलुस घण्टी बजाउँदै शेराबजारमा पुगेकाे थियाे । शेराबजारमा काेणसभा गरी कार्यक्रम समापन गरिएकाे थियाे । काेणसभामा रास्वपा बेसीशहर नगर कार्य समितिका सभापति कृष्णबहादुर राउतले कार्यक्रमबारे जानकारी गराउँदै सभा बिसर्जन गरेका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















