चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म हुने आठौँ लमजुङ महोत्सवको तयारी शुरु

लमजुङ । चैतको अन्तिम साता हुन लागेकाे आठौँ लमजुङ महोत्सवको तयारी शुरु भएको छ । लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा यही चैत महिनाको २३ गतेदेखि बैशाख ३ गतेसम्म लमजुङ महोत्सव हुन लागेकाे हाे ।

आयोजक लमजुङ उद्योग वाणिज्य संघले आर्थिक मन्दिको प्रभावले सूस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी टेवा पुर्याउने उद्धेश्यसहित महोत्सव गर्न लागिएको जनाएको छ । 

जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत क्षेत्रमा लगानी मैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रबद्र्धन गर्ने एवं स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पुराउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । 

महोत्सवका अवसरमा होमस्टेसहित जिल्लाका पर्यटकीय स्थानहरुको प्रचार प्रसार गरी समग्र पर्यटन प्रबर्दनमा टेवा पुराउने, जिल्लामा औद्योगिक, व्यवसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्धन गरी जिल्लालाई आत्मनिर्भर तुल्याई समग्र जिल्लाको आर्थिक बिकासमा टेवा पुराउने लगायतका उद्देश्य रहेका छन् । 

महोत्सवमा विभिन्न जातजातीको झाँकी तथा र्याली, औद्योगिक तथा व्यापारीक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला, गण्डकी प्रदेशभित्रका उद्योग तथा व्यवसायीक प्रतिष्ठानहरुको बिशेष प्रदर्शनी, कृषि, जडिबुटि, बृत्तचित्र प्रदर्शनी गरिने संघका महासचिव विपिन श्रेष्ठले बताउनुभयो । यस्तै जातीय संग्रालय, बाल उद्यान, आन्तरिक पर्यटन प्याकेज टुर, सरकारी तथा गैह्रसरकारी निकायको गतिविधि प्रदर्शनी र गृहिणी नृत्य लगाएतका प्रतियोगीता गरिने आयोजकले जनाएको छ । 

महोत्सव सम्पन्न गर्नका लागि संघले मुल आयोजक समिति चयन भईसकेको र उपसमिति चयन हुने क्रममा रहेको आयोजकले जनाएको छ । महोत्सवमा दुईसय बढि व्यवसायिक स्टलहरु हुने तयारी छ । 

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist