मर्स्याङ्दी गाउँपालिकाे बजेट ५२ कराेड ४८ लाख सार्वजनिक !


लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ५२ करोड ४८ लाख ४५ हजार ९४२ रूपियाँको बजेट सार्वजनिक गरेकाेछ ।

आईतबार भएको गाउँपालिकाकाे १५ अाैं गाउँअधिवेशनमा उपाध्यक्ष जुनामाया थापाले अगामी आर्थिक वर्षका लागि ५२ करोड ४८ लाख ४५ हजार ९४२ रूपियाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको स्रोत संघीय सरकारको वित्तीय समानिकरण अनुदान ८ करोड ३६ लाख, प्रदेश सरकारकाे वित्तीय समानिकरण अनुदान १ कराेड ४ लाख ७५ हजार, नेपाल सरकारकाे राजश्व बाँडफाट अन्तर्गत ९ करोड ९९ लाख २९ हजार, प्रदेश सरकारकाे राजस्व वाँडफाँडबाट ८७ लाख ७५ हजार, आन्तरिक राजस्वतर्फ १ कराेड, संघीय सरकारकाे सशर्त अनुदानबाट २४ कराेड ८९ लाख, संघ सरकारकाे विशेष अनुदान तर्फ ८० लाख, संघ सरकारकाे समपुरक अनुदानतर्फ ५० लाख, प्रदेश सरकारकाे विशेष अनुदानतर्फ ६० लाख, प्रदेश समपुरक अनुदान ५० लाख रहेकाे छ ।

यसैगरी जलविद्युत राेयल्टी बापत ३ कराेड २९ लाख, पर्वताराेहण बापत प्राप्त राेयल्टी ३ लाख, वन पैदावर राेयल्टी १ लाख २० हजार ३ सय, गरिवसंग विशेश्वर कार्यक्रमतर्फ ४ लाख ६५ हजार, प्रदेश तथा स्थानीय क्षमता विकास कार्यक्रमतर्फ ३ लाख ८० हजार ९ सय ४२ र अघिल्लाे अनुमानित नगद माैजात ५९ लाख रहेकाे छ ।

प्रस्तुत बजेटमा चालू खर्चतर्फ ७ कराेड ४१ लाख र पुँजीगत खर्चतर्फ १८ कराेड १० लाख रूपियाँ रहेकाे प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले जानकारी दिए ।

प्रस्तुत गरिएकाे बजेटमा कृषि, पशुपंक्षी तथा जडिबुटी क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्वि र बजारीकरण गर्न २ कराेड २५ लाख, जडिबुटी विकास तथा प्रशाेधनका लागि ५० लाख, सीप तथा क्षमता विकास तालिमका लागि २० लाख, शिक्षाकाे विकासका लागि २ कराेड, विपन्न, दलित, आदिवासी जनजाति बालबालिकाकाे प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न ५ लाख बजेट विनियाेजन गरिएकाे छ ।

स्वास्थ्यतर्फ १ कराेड, एकल पुरूष सामाजिक सुरक्षा भत्ताका लागि १० लाख, सडक मर्मतसम्भारका लागि ३० लाख, ग वर्गका अपांगता भएका ब्यक्तिकाे सामाजिक सुरक्षा भत्ताका लागि १० लाख बजेट विनियाेजन गरिएकाे छ ।

नयाँ सडक निर्माण तथा स्तरउन्नतिका लागि आफ्नै एक्साभेटर खरिद गर्न १ कराेड २० लाख छुट्याईएकाे छ । वडागत विशेष याेजनाहरूलाई संवाेधन गर्न ९० लाख र साना याेजनाका लागि ५० लाख विनियाेजन गरिएकाे छ । ग्रामिण तालिम केन्द्रकाे जग्गा खरिदका लागि २० लाख, सहिद तथा बेपत्ता स्मृति अध्ययन केन्द्रमा पुस्तकालय स्थापनाका लागि ३ लाख बजेट विनियाेजन गरिएकाे छ ।

वडाबाट छानिएका गाउँवस्तीका याेजनामा ६ कराेड बजेट ब्यबस्था गरिएकाे छ । संघ तथा प्रदेश सरकारकाे साँझेदारीमा गाउँपालिकाकाे प्रशासकीय भवन निर्माणका लागि १ कराेड २० लाख बजेट विनियोजन गरिएकाे छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले कृषि उत्पादन, बजारीकरण र युवा राेजगारका लागि क्षमता विकासका लागि बजेटले जाेड दिएकाे बताए । नयाँ एक्साभेटर खरिदपछि पालिकाका सबै सडक बाह्रै महिना सुचारू गर्न, नयाँ खन्न र स्तरवृद्वि गर्न सहज हुने उनले बताए ।

वडाअध्यक्षहरू रूद्रमान गुरूङ, चेतबहादुर गुरूङ, दुधमान तामाङ, बलबहादुर गुरूङ, घनश्याम घले, तिलबहादुर गुरूङ, धनसिं तामाङ, हरिश्चन्द्र थापा, गाउँसभा सदस्य लाेकबहादुर थापाले प्रस्तुत बजेटमाथी टिप्पणी गरेका थिए ।

गाउँसभाले गाउँपालिकाकाे आर्थिक विधेयक-२०८० र गाउँपालिकाकाे साँझेदारीमा कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन विधेयक-२०८० पारित गरेकाे प्रशासन प्रमुख अर्जुन चपाईँले जानकारी दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist