स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य क्षेत्रकाे कार्यासम्पादनमा लमजुङका ८ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका सवैभन्दा उत्कृष्ट भएकाे छ ।

स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा तयार पारेको कार्यसम्पादनमा लमजुङका स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका पहिलो बनेको हो ।

स्वास्थ्य कार्यालयका अनुसार मर्स्याङ्दीले ७९ दशमलव ७ अंक प्राप्त गरेको छ । गत वर्ष सर्वोत्कृष्ट मध्यनेपाल नगरपालिका यसपटक भने दोस्रो हुँदै ७९ दशमलव १ अंक प्राप्त गरेको छ । सुन्दरबजार नगरपालिकाले ७४ दशमलव ०१ अंकका साथ तेस्रो स्थानमा छ ।

उत्कृष्ट पालिकाहरुलाई शुक्रबार बेंसीशहरमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालयले सम्मान गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा पालिकाहरुलाई स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविनकुमार खनाल, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिमबहादुर खड्कालगायतले सम्मानपत्र प्रदान गरे ।

उक्त कार्यक्रममा सवै पालिकाले गत आर्थिक वर्षमा गरेका स्वास्थ्य सम्बन्धी कार्यबारे पोष्टर सार्वजनिक गरेका थिए । पोष्टर निर्माण तथा सार्वजनिकीकरणमा क्व्होलासोथार गाउँपालिका पहिलो भएको छ ।

दोर्दी गाउँपालिका दोस्रो र सुन्दरवजार नगरपालिका तेस्रो भएका छन् । पोष्टर निर्माणमा उत्कृष्ट ठहरिएका पालिकाहरुलाई पनि स्वास्थ्य कार्यालयले सम्मान गरेको छ । कार्यक्रममा सवै स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist