जिल्ला अस्पताल लमजुङमा शल्यक्रिया सेवा प्रभावकारी हुन थालेपछि विरामीहरु बाहिरी जिल्ला धाउनु पर्ने समस्या हटेको छ । अस्पतालमा सामान्य र मध्यम प्रकारका मात्र नभई मुख्य शल्यक्रियाहरु पनि गर्ने गरिएको छ ।
अस्पतालले चालु आर्थिक वर्षको जेठसम्म १ हजार ७ सय ८१ जनाको शल्याक्रिया गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन रमेश आचार्यका अनुसार आर्थिक बर्ष २०७९÷०८० को साउनमा ४० वटा मुख्य शल्यक्रिया, ८ वटा मध्यम शल्याक्रिया र ९६ वटा सामान्य शल्यक्रिया गरि १ सय ४४ वटा शल्यक्रिया भएका छन् । भदौमा ४९ वटा मुख्य शल्यक्रिया, ३ वटा मध्यम शल्याक्रिया र ८७ वटा सामान्य शल्यक्रिया गरि १ सय ३९ वटा शल्याक्रिया भएका छन् । असोजमा मुख्य ३३ वटा र मध्यम ३ वटा र १ सय २७ वटा सामान्य शल्यक्रिया भएका छन् ।
कात्तिकमा मुख्य २८ वटा, मध्यम २ वटा र सामान्य १ सय २२ वटा गरि १ सय ५३ वटा शल्याक्रिया भएका छन् । मंसिरमा मुख्य ३२ वटा, मध्यम १ वटा र सामान्य ९१ वटा गरि १ सय २४ वटा शल्याक्रिया भएका छन् । पुषमा मुख्य शल्याक्रिया २५ वटा, मध्यम ४ वटा र सामान्य ८९ वटा गरि १ सय १८ वटा शल्यक्रिया भएका छन् । माघ महिनामा मुुख्य २२ वटा, मध्यम ३ वटा र सामान्य ९५ वटा गरि १ सय २० वटा शल्याक्रिया भएका छन् । फागुन महिनामा मुख्य ६५ वटा, मध्यम ६ वटा र सामान्य १ सय ९ वटा गरि १ सय ८० वटा शल्याक्रिया भएका छन् ।
चैत महिनामा मुख्य शल्याक्रिया ९८ वटा, मध्यम ३७ वटा र सामान्य शल्याक्रिया ९६ वटा गरि २ सय ३१ वटा शल्याक्रिया भएका छन् । बैशाख महिनामा मुख्य ८२ वटा, मध्यम ३२ वटा र सामान्य शल्याक्रिया ९९ वटा गरि २ सय १३ वटा शल्याक्रिया भएका छन् । जेठ ३० सम्म मुख्य शल्यक्रिया ७५ वटा, मध्यम शल्याक्रिया ३५ वटा र सामान्य शल्याक्रिया ८६ वटा गरि १ सय ९६ वटा शल्याक्रिया भएका छन् ।
अस्पताल सरकारको माताहातमा आएपछि ६१ हजार ६ सय ६८ जनाले ओपिडि सेवा लिइएका छन् । मेसु आर्चायले अस्पताल सरकारको मातहातमा आईसकेपछि कर्मचारी दरबन्दीको ब्यवस्थापन, अस्पतालले दिदै आएको विषेशज्ञ सेवा विस्तार, डाइलाइसिस सेवा शुभारम्भ तथा विपन्न नागरिक औषधि उपचार कोषमा सुचीकृत, टोकन प्रणालीको सुरुवात, डिजिटल एक्स–रे मेशिन जडान लगायतका कार्य सम्पन्न भएको बताए ।
मेसु आचार्यले एउटा संस्थाले चलाई रहेको अस्पताल सरकारी पद्दतीमा ल्याउँदा शुरुका दिनमा केही समस्या भएपनि अहिले धेरै सुधार भएको बताए । मेसु आचार्यले भने, ‘सकेसम्म राम्रो गर्न खोजेका छौ, केही कमजोरी भएर सुधार गरेर अघि बढन तयार छौ ।’
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले आगामी दिनमा अस्पतालबाट गुणस्तरिय सेवा प्रदान गर्नका लागि पञ्चबर्षिय योजना बनाई अघि बढ्ने बताए । दीर्घ रोगीलाई प्यालेटिभ केयरको सञ्चालन गर्ने र अस्पताललाई एकसय बेडमा स्तरोन्नती गर्ने अध्यक्ष तामाङले बताए । उनले केही दिन भित्र अस्पतालर्मा कल्चर सेवा सुरु गर्न लागिएको बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















