लमजुङको दाेर्दीमा जुवा खालबाट नगदसहित ७ जुवाडे पक्राउ

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेराबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख १ हजार ६ सय २५ रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

शेराको ए वान रेष्टुरेन्टमा तास खेल्दै गर्दा उनीहरु मंगलबार साँझ ५ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए । उनका अनुसार पर्शुराम गुरुङले सञ्चालन गर्दै आएको रेष्टुरेन्टमा हारजितको बाजी राखेर तास खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लिलबहादुर गुरुङ, राम अधिकारी, निलबहादुर गुरुङ, प्रेमकुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन् । उनीहरुबाट १ सय ५२ पत्ति तास पनि बरामद भएको छ ।

पक्राउ परेका मध्ये लिल बहादुर गुरुङ सोहि वडा (वडा नं. ४) का जननिर्वाचित वडा सदस्य हुन् । प्रेम कुमार राना सोहि वडामा रहेको नौथर स्वास्थ्य इकाईका प्रमुख हुन् भने राम अधिकारी दोर्दी–६ मा रहेको ढोडेनी आधारभुत विद्यालयका स्थायी शिक्षक रहेकाे स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार पक्राउ परेका जुवाडेहरुले अनलाइन (मोबाईल बैंकिङ) बाट रकम भुक्तानी गरेको समेत देखिन आएको छ । यसतर्फ पनि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको उनले बताए । उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालय, लमजुङबाट जुवा सम्बन्धी कसूरमा थप अनुसन्धानको लागि म्याद थप गर्ने तयारी गरिएको रेग्मीले बताए।

प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले मुलुकी अपराध संहिता २०७४, बमोजिम पहिलो पटक जुवा खेल्ने र खेलाउने दुवैलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने र  बरामद गरिएको रकम समेत जफत हुने उल्लेख रहेको बताए । उनका अनुसार दोस्रो पटक जुवा खेल्ने र खेलाउनेलाई पटकै पिच्छे थप ३ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist