मर्स्याङ्दीमा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाको जेठ २५ गते बसेको कार्यपालिका बैठकले प्लास्टिकका सामाग्री प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको अध्यक्ष अर्जुन गुरूङले जानकारी दिए । 

´सफा मर्स्याङ्दी अभियानलाई सार्थक बनाउन प्लास्टिकजन्य वस्तुको प्रयोगलाई न्युनिकरण गर्न यस्तो निर्णय गरेका छौं´, अध्यक्ष गुरूङले भने, `प्लास्टिकका भाँडाको विकल्पमा दुना टपरी र स्टिलका भाँडा प्रयोगमा प्रोत्साहन गर्छौं ।´

निर्णय कार्यान्वयन गर्न पालिकाले जेठ ३२ गते सार्वजनिक सूचनासमेत जारी गरेको छ । मर्स्याङ्दी गाउँपालिकाले चालू वर्षमा ‘सफा  मर्स्याङ्दी’अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत गाउँपालिकाले सवै गाउँटोल, बस्ती, बाटोघाटो सरसफाई अभियान चलाउनुको साथै फोहोर संकलन र वर्गीकरण कार्य गरेको छ । गाउँबस्तीमा पुगेर ट्याक्टरबाट फोहोर संकलन गरि वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरेको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले बताइन्।

अभियानलाई सफल बनाउन गाउँपालिकाको हरेक टोल बस्तीहरु, संघ संस्थाहरु वरपर, सार्वजनिक स्थलहरु र खोलाहरुको सरसफाई गरिएको छ । पालिकासंगै स्थानीय पनि लागि गरेका छन् । यो अभियानले गाउँटोल सफा र आफूहरूलाई उत्साहित बनाएको स्थानीय बउँछन् । 

गाउँपालिकाले २०७६ असोजदेखि फोहोर संकलन अभियान सञ्चालन गरी जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाएको थियो । त्यतिबेलादेखि मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर सफा मर्स्याङ्दी अभियान सुरु गरिएकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँपालिका जुटेको हो । सफा मर्स्याङ्दी अभियानले फोहोरबाट हुने रोग नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख लुल घलेले बताए ।

मर्स्याङ्दी गाउँपालिकाले फोहर जथाभावि नफाल्न गाउँगाउँमा डस्टवीनको व्यवस्थापन गरेको छ । फोहर संकलन गरी प्रशोधन गरेर विक्री गरी आम्दानी समेत गरिएको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले आफैं ट्याक्टर खरिद गरेर फोहोर संकलन क्यालेन्डर बनाएर गाउँगाउँबाट फोहर संकलन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले बताए ।

प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ताहरू जागरुक हुनुपर्नेमा गाउँपालिकाले जोड दिएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist