कृषिमा उत्पादन बढाउनुहोस, बजारमा विक्री नभए लागत मुल्य दिन्छौं : अध्यक्ष गुरुङ

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले किसानहरुलाई उत्पादन बढाउन आग्रह गरेका छन् । बुधबार मर्स्याङ्दी बहुउदेश्यीय कृषि सहकारीको आयोजनामा भएको उत्पादन बृद्धि तथा बजारीकरण विषयक कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले उत्पादन बढाउन किसानलाई सहयोग गर्न गाउँपालिका तयार रहेको बताए ।

‘यतिबेला भारतीय उत्पादनको तरकारी हाम्रो बजारमा आउँदा किसानहरु समस्यामा परेका छन् । भारतबाट तरकारी आयत रोक्ने काम संघीय सरकारको हो’, अध्यक्ष गुरुङले भने, ‘बाहिरबाट आउने तरकारी विस्थापित गर्नेगरी यही उत्पादन बढाउनुहोस, हामी हातेमालो गर्न तयार छौं ।’

किसानको उत्पादन विक्री गर्न कृषि सहकारी स्थापना गरिएकाले सबै किसानले यही ल्याएर विक्री गर्न आग्रह गरे । सहकारी मार्फत बजारको खोजी गरी विक्री गरिने र विक्री नै हुन नसके उत्पादन लागत मुल्य गाउँपालिकाले दिन तयार रहेको उनले बताए ।

सबै किसानले अनुदान पाउने गरी उत्पादनमा आधारित अनुदानको ब्यवस्था गर्न लागिएको उनले बताए । ‘उत्पादन बृद्धि गर्न दुध र तरकारीमा उत्पादनमा आधारित अनुदान दिने गरी एउटा मोडल तयार गर्दै छौं’, उनले भने, ‘मापदण्ड बनाएर किसान सुरक्षा भत्ताको ब्यवस्था गर्छौं ।’

एक वडा एक कृषि प्राविधिकको ब्यवस्था गरिएकाले प्राविधिकहरुलाई किसानको गोठ तथा बारीमा पुगेर सेवा दिन उनले आग्रह गरे । प्राविधिक किसानको गोठ तथा बारीमा नपुगे कारबाही गरिने उनले बताए ।

पूर्व उपाध्यक्ष होमबहादुर विकले कृषि उत्पादन बढाउन किसानलाई प्राविधिक र अनुदान सहयोगलाई प्रभावकारी बनाउनुपर्ने बताए । वडा नं. ८ का अध्यक्ष धनसिं तामाङ, साना किसान कृषि सहकारीका अध्यक्ष हिरादेवी घले, किसान सञ्जालका अध्यक्ष भिष्मकान्त कुईकेलले कृषि उत्पादन बृद्धी गर्दै बजारीकरणमा जोड दिन आग्रह गरे ।

सहकारीका अध्यक्ष नवीनराज कुइँकेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी किसानहरुले आफुँहरु उत्पादन गर्न तयार रहेपनि बजारको समस्या भएको गुनासो गरेका थिए । उनीहरुले बजारसँगै प्राविधिक सहयोग र तालिमको आवश्यकता रहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, वडा नं. ३ का अध्यक्ष दुधमान तामाङ, वडा नं. ७ का अध्यक्ष तिलबहादुर गुरुङ, कृषि शाखा प्रमुख तिलक कट्टेल, पशु शाखा प्रमुख जीवनमाया वली, उद्योग बाणिज्य संघ खुदी इकाईका अध्यक्ष सूर्यप्रकाश कतिलालगायत सबै वडाका ब्यवसायिक किसानहरुको उपस्थिति थियो । सहकारीका सचिव ऋषिराम बस्नेतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष यामलाल तामाङले स्वागत मन्तब्य राखेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist