मर्स्याङ्दी गाउँपालिकामा तेस्रो अध्यक्ष कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ भुलभुलेमा सुरु भएको प्रतियोगिताको विहिबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन अध्यक्ष गुरुङले खेलकुँदको विकासका लागि पालिका तयार रहेको बताए । उनले खेल क्षेत्रमा राम्रो गर्न सके आर्थिक स्तर र देशको विकासमा टेवा पुग्ने बताए । उनले खेलले मानिसलाई अनुशासित र स्फुर्त बनाउने बताए ।
राष्ट्रिय खेल भलिबलको बिकासका लागि गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा वडा नं. २ देखी ९ सम्मका ८ टिमले सहभागीता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । द्धितिय हुनेले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । सर्वउत्कृष्ट खेलाडी, सेटर र स्पाइकरलाई पुरस्कारको ब्यवस्था गरिएको आयोजक पालिका भलिबल संघका अध्यक्ष मिनप्रसाद घलेले जानकारी दिए ।

प्रतियोगितामा सेमिफाइनलमा पुग्ने टिमलाई नगद १० हजार र सहभागिता जनाउने टिमका लागि नगद १५ हजारको ब्यबस्था गरिएको छ ।
उद्घाटन सत्रमा नेकपा एमालेका जिल्ला उपसचिव जीतबहादुर गुरुङ, पालिकाका पूर्व उपाध्यक्ष होमबहादुर विक, जिल्ला समन्वय समितिका सदस्य बविता मजाकोटी, वडा नं. ३ का अध्यक्ष दुधमान तामाङ, वडा नं. ७ का अध्यक्ष तिलबहादुर गुरुङ, वडा नं. ८ का अध्यक्ष धनसिंङ तामाङ, शिक्षा शाखा प्रमुख राजिव सुर्वणकार लगायतको उपस्थिती थियो ।
प्रतियोगिता बैशाख २३ गते समापन हुने जिल्ला भलिवल संघका सदस्य रवि थापाले जानकारी दिए ।

लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















