१३ वर्ष अभियान चलाउँदापनि नियन्त्रण भएन लमजुङमा हात्तिपाइले

लमजुङमा हात्तीपाइले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ । लगातर ६ वर्षसम्म औषधी सेवन गरेमा रोग निको हुने स्वास्थ्यकर्मी बताउँछन् । तर, लमजुङमा १३ वर्षसम्म औषधी सेवन गर्दा समेत रोग निको नभएपछि नियन्त्रण अभियान चुनौतीपूर्ण देखिएको हो ।

जिल्लामा रोग नियन्त्रणका लागी सन् २००९ देखि अभियानगत रुपमा औषधी खुवाउँदै आइएको छ । सन् २००९ देखि २०१५ सम्ममा हात्तीपाइले रोग नियन्त्रण कार्यक्रम सञ्चालन गरेतापनि न्यूनिकरण हुन सकेन । सन् २०१६ देखि पुनः अभियान चलिरहेको छ । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीकाअनुसार लमजुङमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा हात्तीपाइले रोग प्रकोपदर २ दशमलब ८४ प्रतिशत थियो । २०१६ मा गरीएको सर्वेक्षणमा प्रकोपदर ५ दशमलव ३२ प्रतिशत थियो भने २०१४ मा प्रकोपदर ५ दशमलव ६६ प्रतिशत थियो ।

सन् २०१८ सम्ममा रोग प्रकोपदर १ प्रतिशत भन्दा कम ल्याउने सरकारको लक्ष्य थियो । सरकारले सन् २०२० मा देशभर हात्तिपाईले रोग निवारण गर्ने लक्ष्य लिएको थियो । तर, लमजुङसहित १५ जिल्लामा अझै निवारण हुन सकेको छैन् । लमजुङमा २०२० मा सर्वेक्षण गर्दा राइनासस्थित चक्रतिर्थमा चार दशमलव ९ र धमीलीकुवामा दुई दशमलव ९ प्रतिशत भेटिएपछि पुनः दुई वर्षका लागि औषधी खुवाउने अभियानले निरन्तरता पाएको थियो । पछिल्लो पटक २०२२ मा गरिएको सर्वेक्षणमा भने एक प्रतिशत भन्दा कममा हात्तिपाइलेको जिवाणु भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

जिल्लामा अहिले ३९ जना खुट्टा सुनिने र ९१ जना हाइड्रोसिलका विरामीहरु रहेका छन् । जसमध्ये राईनासमा मात्रै ३० जना रहेका छन् । हाईड्रोसिल भएका मध्ये राईनासमा मात्रै ७६ जना रहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

यसवर्ष गण्डकी प्रदेशका लमजुङ, पर्वत, बाग्लुङ सहित देशभरका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन हुदैछ ।

नियमित अभियान सकिएर पुनः दोस्रो अभियान चलाउँदा पनि लमजुङमा रोग नियन्त्रण हुन नसकेपछि स्वास्थ्य कार्यालयले अभियान असफल हुनुको कारण खोज्न थालेको छ । यसअघि औषधी वितरण प्रभावकारी बन्न नसकेको भन्ने गुनासो आएपछि तीन वर्षदेखि स्वास्थ्यकर्मीकै निगरानीमा औषधी खुवान थालिएको छ । यो वर्ष फागुन ११ गतेदेखि औषधी खुवाउने अभियान सञ्चालन हुँदैछ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist