लमजुङ निवासी गोविन्द गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।
बैंक संचालक समितिको शनिबार बसेको बैठकले उहाँलाई सीईओमा नियुक्त गरेको हो । मस्र्याङ्दी गाउँपालिका ८, भँगेरीका गुरुङसंग २६ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनी यसअघि म्यानमार सिटिजन्स् बैंक, यङ्गुन, म्यानमार (बर्मा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । विदेशी बैंकमा नेपाली सीईओ हुने उनी पहिलो व्यक्ति हुन् ।
सीईओ छनोट समितिले ५ जनाको नाम बोर्डमा सिफारिस गरेकोमा बोर्डले गुरुङलाई सीईओ नियुक्त गरेको हो । उनले सोमबारदेखि कार्यभार सम्हालेका छन् ।
नेपालमा उनी पछिल्लो समय सिभिल बैंकका सीईओ थिए । म्यानमार सिटिजन्स् बैंक, यङ्गुन, म्यानमार (बर्मा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर करिब २ वर्ष काम गरेका उनी त्रिभुवन विश्व विद्यालय अन्तर्गत नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्णपछि हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।
हिमालयन बैंकमा साँढे १० वर्ष काम गरेका उनी त्यसपछि ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साँढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरे । उनले उक्त बैंकमा साँढे २ वर्ष काम गरे ।
त्यसपछि सिभिल बैंक प्रवेश गरेका उनी साँढे ४ वर्ष डेपुटी सीईओ भएर काम गरे । त्यसपछि गुरुङ उक्त बैंकको सीईओ बने । त्यहाँ ४ वर्ष ३ महिना काम गरे ।
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि २२ जनाले आवेदन दिएका थिए । ५ जनाको नाम सर्टलिष्ट गरिएको थियो । बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायम मुकायम (कामु) नायव महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबीआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रिकुमार गुरागाइँको नाम सर्ट लिष्ट गरिएको थियो । सबै प्रतिस्पर्धीलाई पछि पार्दै लमजुङ गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओ बनेका हुन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















