लमजुङको राइनास नगरपालिकाले वडा नं. ९ कुडुँलेलाई किवि पकेट क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ । कृषिलाई विकासको प्राथामिक क्षेत्रको रुपमा अघि बढाएको नगरपालिकाले किवि खेती विस्तार तथा प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको हो ।
भौगोलिक भूवनोट तथा किवि खेतीको लागि उपयुक्त स्थानको रुपमा वडा नं. ९ कुडुँलेलाई छनौट गरी उक्त क्षेत्रलाई किवि पकेट क्षेत्रको रुप्मा विकास गर्न लागिएको राइनास नगरपालिका नगरप्रमुख खड्गवहादुर गुरुङले वताए । यस वर्ष सो क्षेत्रको करिव ६० रोपनी जग्गामा १२ सय किविको विरुवा रोप्ने योजना अनुसार नगरपालिकाले किसानहरुलाई अनुदानमा विरुवा उपलव्ध गराएको छ ।
फुलफूल तथा घाँसे नसर्री स्थापना कार्यक्रम अन्तर्गत एक लाख ५० हजार बजेटबाट किविको विरुवा खरिद गरिएको राइनास नगरपालिकाका कृषि प्राविधिक पवन ढकालले जानकारी दिए । उक्त विरुवा नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उपलव्ध गराएको छ ।
किवि खेतीका लागि २७ जना किसान सम्मिलित कुडुँले किवि तथा अलैँची उत्पादन समूह गठन गरिएको छ । उक्त समूहलाई नरपालिकाले कृषि प्राविधिक तथा विषय विज्ञ चन्द्रमान श्रेष्ठकाे उपस्थितीमा किवि खेती गर्ने तरिकावारे प्रशिक्षण दिएर विरुवा उपलव्ध गराएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सुयलले वताए ।
किविका विरुवा रोप्नका लागि खाडल खनेर तयारी अवस्थामा राखेसँगै नगरपालिकाले शनिवार किसानहरुलाई किविका विरुवा वितरण गरको हो । चालु आर्थिक वर्षबाट किवि खेती विस्तार कार्यक्रम ल्याएको नगरपालिकाले पहिलो वर्ष कृषकहरुलाई तालिम सहित विरुवामा ५० प्रतिशत अनुदान दिएको छ । सो वाहेक प्राविधिक सहयोग र विरुवा रोप्नको लागि खाडल खन्न तथा पुर्ने लगायतका कार्यका लागि पनि नगरपालिकाले सहयोग गर्ने उपप्रमुख पुष्प खनालले बताए।
यसवर्ष रोपिएका विरुवाको संरक्षण सँगै आगामी वर्ष थप विस्तार गर्ने योजना वनाएको नगरपालिकाले केहि वर्षभित्र राइनासलाई किविको हव क्षेत्रको रुपमा विकास हुने अपेक्षा लिएको छ । नगरपालिकाले उक्त क्षेत्रमा किविसँगै अलैँची खेती पनि विस्तार गर्ने जनाएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















