ऋृषिराम श्रेष्ठ
हामखोला तिमी त हौ पहाडकी रानी
सवैको मन हरिदिने सौन्दर्यकी खानी ।
हजारौंले तिम्रो रुप पिउंदै पिउंदै गए
अनुपम सौन्दर्यले मन्त्रमुग्ध भए ।
उखरमाउलो गर्मीलाई छिनमै चिस्याउंछौ
तिम्रो समीप हुनेलाई मायाले भिजाउंछौ ।
शितल पाउन मनले यतै डोर्याएर ल्याउंछ
खल्वलेको मस्तिष्कमा पनि शान्ती छाउंछ ।
छङ्छङ गर्दै दुनियालाई गीत सुनाउंछौ
यहि धून छर्दै आफ्नो कीर्ती फिंजाउंछौ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















