बाहुनडाँडामा सोह्रौं शताब्दीको मन्दिर पुनर्निमाण

 

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको गाउँ लमजुङको बाहुनडाँडामा भूकम्पले भत्काएको ऐतिहाँसिक तथा धार्मिक महत्वको मन्दिरको पुर्ननिर्माण गरिएको छ । देश विदेशमा चन्दा संकलन गरेर स्थानीयले मन्दिरको पुनर्निर्माण गरेका हुन् ।

मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा रहेको देवी मन्दिर पुर्ननिर्माणका लागि स्थानीयले देश, विदेशमा रहेका नेपालीबाट करिब ६० लाख रुपैयाँ संकलन गरेका थिए । सोह्रौं शताब्दीमा निर्माण भएको अनुमान गरिएको यो मन्दिर २०७२ सालको भूकम्पले भत्काएको थियो ।

२०७२ सालको भूकम्पले मन्दिर भत्काएपछि २०८० सालमा स्थानीय मनिप्रसाद गुरूङको अध्यक्षतामा देवीथान संरक्षण समिति बनाइएको थियो । समितिले देवीथान मन्दिरमा आस्था राख्ने देश, विदेशमा रहेका नेपालीसँग चन्दा संकलन गरेर पुर्ननिर्माण सम्भव भएको गुरुङले बताउनुभयो ।

कोषाध्यक्ष विनोद गुरूङका अनुसार मन्दिरको पुनर्निर्माणका लागि तीसय ८५ जनाले आर्थिक सहयोग गरेका छन् । संरक्षण समितिलाई ५९ लाख ९१ हजार ८ सय ६ रुपैयाँ प्राप्त भएको र मन्दिर निर्माणमा अहिलेसम्म ६० लाख बढी खर्च भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले नवनिर्मित मन्दिरको उद्घाटन गर्नुभयो । उहाँले इतिहासको संरक्षण गर्दै धार्मिक पर्यटनको विकास गर्न प्रदेश सरकारले सहयोग गर्दै आएको बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले मन्दिरका थप संरचना निर्माण र प्रचारका लागि गाउँपालिकाले आवश्यक गर्ने बताउनुभयो । समितिका सचिव विष्णुराज घिमिरेले पुनर्निर्माण भएको देवीथान मन्दिरलाई पर्यटनसँग जोडेर यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गर्ने बताउनुभयो ।

ऐतिहाँसिक महत्व :

यो मन्दिर वि.सं. १५१० मा तत्कालीन पुस्तुन बाहुनडाँडामा जन्मिनुभएका कुश्माखर घिमिरेले निर्माण गरेको इतिहाँस छ । घिमिरे लमजुङमा यशोब्रम्ह शाहलाई राजा स्थापना गरी शाहवंशीय राज्यको प्रादुर्भाव गराउने प्रमुख योजनाकार हुनुहुन्थ्यो । तत्कालीन राजाबाट श्री ३ को पदवी प्राप्त गर्नुभएका घिमिरे सूर्य–चन्द्र अंकित झण्डाका तर्जुमाकार समेत हुनुहुन्छ । देवीको मन्दिरको उत्खननका क्रममा वि.सं. १८२५ का अभिलेखहरू भेटिएको देवीथान संरक्षण समितिका सल्लाहकार कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार यस मन्दिरमा विभिन्न स्थानबाट आएका ऋषी तथा योगीहरूले तपस्या गरेको इतिहास पनि भेटिएका छन् ।

समितिका अर्का सल्लाहकार इन्जिनियर हेमनाथ घिमिरे पनि प्राप्त अभिलेख तथा किम्बदन्तीहरूको आधारमा यो मन्दिर कुश्माखर घिमिरेले नै स्थापना गरेको मान्न सकिने बताउनुहुन्छ । पुरानो देवीथान मन्दिरको २०४६ सालमा भारतीय सेनामा कार्यरत स्थानीय खुसबहादुर गुरुङले जीर्णोद्वार गर्नुभएको थियो ।

 

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist