
लमजुङ । लमजुङ प्रहरीले चोरी मुद्धाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राइनास नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षका सुवास नेपाली हुन् ।
नेपालीलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी धमिलिकुवाको प्रहरी टोलीले राइनास ६ बाट मंगलबार पक्राउ गरेको हो । नेपालीले गत साउन ३० गते सोमवार बेलुका ७ः३० बजे राइनास ७ सालफेदीस्थित अनिता चिलुवालको घरमा चोरी गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चिलुवालको घरमा कोहि नभएको मौका पारी नेपालीले सुनको ब्रासलेट, सुनको औठी, सुनको पञ्चरत्ने बाला, मोवाईल सेट र घडी गरी ३ लाख १६ हजार ४ सय रुपैया वरावरको सामान चोरी गरेको भनि धमिलिकुवा प्रहरी चौकीमा मौखिक उजुरी परेको थियो ।
सो उजुरीको आधारमा खोजतलास गर्दा अभियुक्त नेपालीलाई मंगलवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी जगदिश रेग्मीले जानकारी दिए । निजको साथबाट मोवाईल, घडी र नगद १ हजार ६ सय ५ रुपैया बरामद गरिएको रेग्मीले बताए ।
अभियुक्त नेपालीलाई चोरी सम्वन्धी कसुरमा लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















