शान्तिसुरक्षा कायम गर्न लमजुङका प्रहरी प्रमुख श्रीमलका नौ प्राथमिकता

लमजुङ । यही साता लमजुङको प्रहरी प्रमुखमा कार्यभार सम्हालेका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश श्रीमलले जिल्लाको शान्तिसुरक्षा कायम गर्न नौ बुँदे प्राथमिकता अगाडी सारेका छन् ।

बुधबार जिल्लास्थित सञ्चारकर्मीहरुसँग परिचय तथा अन्र्तक्रिया गर्दै डिएसपी श्रीमलले आफ्नो कार्यकालमा गर्ने नौं बुँदे कार्ययोजना सुनाएका हुन् ।

उनले सुनाएका कार्ययोजनामा महिलासँग सम्वन्धित अपराध नियन्त्रण, रोकथाम तथा सचेतना, गुण्डागर्दी, मादक पदार्थ सेवन, होहल्ला, सामाजिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए । यस्तै सवारी दुर्घटना न्युनिकरण, सवारीसँग सम्वन्धित नियमहरु नियमन र सचेतना, फरार प्रतिवादीहरु पक्राउ, अवैध जडिवुटी तथा अखेटोपहार ओसारपसार नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको उनले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय मातहतका कार्यलयका लागी जग्गा प्राप्ति, आवास तथा भौतिक निर्माण, उन्नत प्रहरी व्यवहारमा प्राथमिकता र प्रहरी कर्मचारीहरुमा आपसी सद्भाव, र सामाजिक सञ्जालको दुरुपयोगसँगै मौलाउदो विद्युतीय अपराध न्युनिकरणलाई पनि उनले कार्ययोजनाको प्राथमिकतामा राखेका छन् । यी कार्ययोजना कार्यन्वयनका लागि सचेतनामुलक कार्यक्रम र प्रहरी परिचालन गर्ने उनको रणनिनि छ । यति कार्यक्रम कार्यन्वयन गर्दा समग्र जिल्लाको शान्ति सुरक्षा राम्रो हुने उनले दावी गरे ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले जिल्लाको शान्तिसुरक्षा कायम गर्न, ट्राफिक सुब्यवस्था, कालोबजारी नियन्त्रण, अपराध नियन्त्रण जस्ता कार्यमा क्रियाशिलता देखाउन सुझाव दिए ।

कार्यक्रममा प्रहरी निरीक्षक जगदिश रेग्मी, विष्णु विक, इलाका प्रहरी कार्यलय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैया, तिनपिप्लेका प्रहरी निरीक्षक वेद नारायाण श्रेष्ठ, भोटेओडारका प्रहरी निरीक्षक राजन प्रसाद तिमिल्सीना लगायतको उपस्थिती रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist