मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा

जोमसोम : भौगोलिक रुपले विकट मानिएको मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ । 

संघीय सरकारको गत आर्थिक वर्षमा (सीओएमसी) साइट स्थापना कार्यक्रमअन्तर्गत विनियोजित २५ लाख बजेटमार्फत् जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताललाई आवश्यक उपकरण तथा सामाग्री उपलब्ध गराइपछि जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आएको हो।

संघीय सरकारले मुस्ताङ जिल्ला अस्पताललाई सीओएमसी साइट स्थापनाका लागि गत आर्थिक वर्षको अन्तिममा आवश्यक उपकरण तथा सामाग्री खरिद गर्न बजेट उपलब्ध गराएको थियो । 

यसपछि अस्पतालले अप्रेसन थिएटर (ओसी) कक्षको आवश्यक स्तरोन्नति र मर्मत गरी  जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन विशाल तिवारीले जानकारी दिए ।

जिल्ला अस्पतालमा सीओएमसी साइड स्थापनासँगै पहिलो पटक प्रसूति सेवा सञ्चालनमा आएपछि यसको सफल परीक्षण समेत भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन तिवारीले जानकारी दिए । मंगलबार सामान्य सुत्केरी व्यथाले चापेर प्रसूतिका लागि मुस्ताङ अस्पताल ल्याइएकी थासाङ–३ लेते कालोपानीकी २४ वर्षीया अनिता परियारको शल्यक्रियाबाट प्रसूति गराइएको अस्पतालले जनाएको छ । 

उनी शल्यक्रियामार्फत् बच्चा जन्माउने पहिलो महिला बनेकी छन् ।

शल्यक्रियाका लागि अस्पतालका एमडीजीपी डाक्टर कुन्दन कर्णको नेतृत्वमा डा. विशाल तिवारी,डा. राजिव सापकोटा ,स्टाप नर्स सुनिता श्रीमल,निता घर्ती र सहयोगी सनिलाल परियार समेतको टोली खटिएको थियो । उनीहरुले प्रसूति व्यथाले चापेकी महिलाको पेटबाट शल्यक्रिया गरेर २ केजी ८ सय ग्राम तौलको बच्चा बाहिर निकालेका थिए । अस्पतालले शल्यक्रियामार्फत प्रसूति गराइएको महिला र शिशुको अवस्था सामान्य रहेको जनाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist