
महंगी र भ्रष्टचार विरुद्ध नेकपा एमाले लमजुङले बुधबार विरोध प्रदर्शन गरेको छ ।
नेकपा एमाले आवद्ध जनवर्गिय संगठन समन्वय समितिले बेसीशहरको भिमसेनस्थान चोकमा विरोध प्रदर्शन गरेको हो । ‘अति बढ्यो महंगी र भ्रष्टचार जनताको होइन माफियाको सरकार’ भन्ने नाराका साथ विरोध प्रदर्शन गरिएको नेकपा एमाले आबद्ध जनवर्गिय संगठन समन्वय समितिले जनाएको छ ।
बेसीशहरमा आयोजना गरिएको विरोध कार्यक्रममा बोल्दै नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले गठबन्धन सरकारले देश र प्रदेशमा भष्ट्रचार र महङ्गी बढाएको आरोप लगाउदै प्रतिपक्षि दल नेकपा एमालेले सडक आन्दोलनबाट बिरोध शुभारम्भ गरेको बताउनुभयो । नेकपा एमालेको गण्डकी प्रदेश कमिटीको निर्देशन अनुसार नेकपा एमाले लमजुङले पनि विरोध कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले जनताको भावना विपरित मालपोत र सवारीकरमा लगाईको बृद्धिले प्रदेशका नागरिक मारमा परेको भन्दै सडक आन्दोलन गर्नुपरेको अधिकारीले बताउनुभयो ।
नेकपा एमाले लमजुङका सदस्य एवं अनेरास्ववियुका केन्द्रिय सदस्य रोनिश परियारले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य लक्ष्मिदेवी अधिकारी, अनेरास्ववियुका केन्द्रिय सचिव जुन तामाङ, अखिल नेपाल महिला संघ लमजुङका अध्यक्ष पवित्रा थापा राना, अखिल नेपाल किसान महासंघ लमजुङका अध्यक्ष प्रेम भटराई, राष्ट्रिय युवा संघ लमजुङका सहसंयोजक प्रदिप घिमिरे, अनेरास्ववियु लमजुङका अध्यक्ष देवेन्द्र गुरुङ, जिल्ला समन्वय समिति लमजुङका उपप्रमुख बुनाकुमारी रिमाल, बेसीशहर नगरपालिका कार्यपालिका सदस्य कल्पना थापा बोहरा, वडा नं. ७ का अध्यक्ष ऋषिराम बस्नेत लगायत बिभिन्न जनवर्गिय संगठनका प्रमुख एवं प्रतिनिधि र नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















