
आगामी मसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधी सभा निर्वाचनका लागि लमजुङमा ६ वटा मतदानस्थल थप्न सिफारिस भएको छ । जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सरोकारवालासँग छलफल गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार जिल्लाका विभिन्न स्थानिय तहमा यसअघि कायम भएका मतदान स्थलहरुलाई मतदाता सँख्या तथा स्थानिय भुगोलका आधारमा विभाजन गरी नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो । सिफारिस गरीएको मतदान स्थलमध्ये यसअघिका पाँचवटा मतदानस्थल विभाजन गरिएको छ भने एउटा मतदानस्थल हटाएर नयाँ दुईवटा कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, सुन्दरवजार नगरपालिकामा नयाँ मतदानस्थल कायम भएको हो । बेसीशहर नगरपालिका अन्तर्गत वडा नम्वर ११ मा रहेको चिती आधारभुत विद्यालय रामचोक मतदानस्थललाई विभाजन गरी बालविकास मावि रामचोक बेसीमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस भएको हो ।
त्यसैगरी सुन्दरवजा–८, बलिथुम अन्तर्गत भारतीसदन माविको मतदानस्थल विभाजन गरी अकला आधारभुत विद्यालय भोटेओडारमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस भएको छ । त्यस्तै मध्यनेपाल नगरपालिका–८, करापु अन्तर्गत करापु कल्याण मजुवा आधारभुत विद्यालयको मतदानस्थललाई विभाजन गरी विश्वज्योती आधारभुत विद्यालय मजुवामा नयाँ कायम गर्न सिफारिस भएको छ ।
त्यस्तै दोर्दी गाउँपालिका–८ अन्तर्गत फलेनी माविको मतदानस्थल विभाजन गरी दुवारको हिमालय क्षेत्रसिङ आधारभुत विद्यालयमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस भएको छ । दोर्दी गाउँपालिका अन्तर्गत वडा नम्वर ६ को गणेश आधारभुत विद्यालय काल्चेको मतदानस्थल हटाएर भगवान आधारभुत विद्यालय किर्तीपुर र हिल्सा तामाल सामुदायिक भवन ढोडेनीमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस भएको जिल्ला निर्वाचन कार्यालय लमजुङका सुचना अधिकारी जिवाखर शर्माले जानकारी दिनुभयो ।
गत बैसाखमा भएको स्थानिय तह निर्वाचनमा जिल्ला एकसय २३ मतदानस्थल र एकसय ८२ मतदान केन्द्र कायम भएको थियो । तत्कालिन समयमा जिल्लबाट एकसय ८७ मतदान केन्द्र सिफारिस गरेको भएपनि निर्वाचन आयोगले भने एकसय ८२ मतदान केन्द्र कायम गरी पठाएको थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















