किसानका उत्पादन बजारीकरण गर्न ‘कृषि एम्बुलेन्स’

लमजुङ । बेसीशहर नगरपालिका–२ टारगाउँका वीरबहादुर विकले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर उहाँकोसम्म व्यापारी पुग्दैनन् ।

उत्पादित तरकारी बिक्री गर्न उहाँलाई तीन किलोमिटर टाढा बेसीसहर बजारमा पुग्नुपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्यसमेत पाउन मुस्किल थियो ।

बेसीसहर–१० बाँझाखेतका किसान केशबहादुर गुरुङको पीडा पनि विकको जस्तै छ । आफ्नो बारीमा उत्पादन गरेको घिरौला, काक्रा, लौका, सिमी, बोडी र गोलभेँडा बिक्रीका लागि उहाँ पनि पाँच किलोमिटरको दूरी पार गर्दै बेसीसहर बजार आइपुग्नपर्छ ।

तर अहिले बेसीसहर नगरपालिकाले उत्पादित तरकारी विक्रीका लागि किसान घर र ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएपछि उत्पादित तरकारी बिक्री गर्न किसानहरुलाई सहज भएको छ ।

नगरपालिका भित्रका किसानले उत्पादन गरेका तरकारी, फलफल तथा अन्य उत्पादन बजारसम्म ल्याउनका लागि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नगरपालिकाले एकता कृषि सहकारी संस्थालाई कृषि एम्बुलेन्स सञ्चालनको जिम्मेवारी दिएको छ ।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरेलाई कृषि एम्बुलेन्सको चावि हस्तान्तरण गरी सञ्चालनको जिम्मेवारी दिनुभयो । स्वामित्व नगरपालिकामै रहनेगरी आगामी असार मसान्तसम्म संचालन तथा व्यबस्थान एकता कृषि सहकारी संस्थाले गर्ने सम्झौता भएको बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले बताउनुभयो ।

व्यवसायी युवाहरुले गठन गरेको एकता कृषि सहकारी संस्थाले केही समयअघि बेसीशहर–८ ठाडो लाइनमा ‘किसान घर’ सञ्चालनमा ल्याएको छ । किसानले स्थानीय क्षेत्रमा गरेको उत्पादन खासगरी तरकारीलाई उचित मूल्यमा बिक्री गर्न र उपभोक्तालाई पनि सस्तो मूल्यमा खरिद गर्न सहज होस् भन्ने उद्देश्यले किसान घर सञ्चालन गरिएको हो ।

कृषि एम्बुलेन्स भएपछि किसानका उत्पादन बजारमा ल्याउन सहज हुने र तालिका बनाएर गाउँगाउँबाट किसानका उत्पादन संकलन गरिने एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरले बताउनुभयो । किसानका उत्पादन उपभोक्ताको भान्सासम्म पु¥याउन बजारका चोक–चोकमा कृषि एम्वुलेन्स मार्फत तरकारी बेच्ने उहाँले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist