खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३ को खुदीबजार र वडा नं. ४ को जगत बजारलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको हो ।

बजार व्यवस्थापन तथा सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यले खुदीबजार र जगत बजार क्षेत्रमा क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । खुदी बजारमा १० वटा तथा मनाङतर्फ जाने मुख्य नाका जगत बजारमा ४ वटा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

निगरानी प्रणालीलाई प्रभावकारी बनाउन दुबै ठाउँमा रहेका सुरक्षा निकायलाई प्रत्यक्ष पहुँच प्रदान गरिएको छ । यसबाट बजार क्षेत्रमा हुने गतिविधि नियन्त्रण गर्न, अवाञ्छित क्रियाकलाप रोक्न र आपत्कालीन अवस्थामा छिटो प्रतिक्रिया दिन सहज हुने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँले आगामी दिनमा थप प्रविधिमैत्री सुरक्षाका उपायहरू अपनाइने समेत बताउनुभयो ।

क्यामेरा जडानले बजार क्षेत्रमा आपराधिक गतिविधि न्यूनीकरण गर्न, निगरानी प्रभावकारी बनाउन र स्थानीयवासी तथा यात्रुहरूलाई सुरक्षित महसुस गराउन टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिकाले बजार व्यवस्थापन र स्थानीय सुरक्षालाई उच्च प्राथमिकता दिँदै, प्रविधिको अधिकतम उपयोग गर्दै जाने नीति लिएको छ । आगामी दिनमा अन्य क्षेत्रहरूमा पनि यस्ता प्रविधिहरू विस्तार गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

सिसीटिभी क्यामेरा जडानपछि बजारबासी खुसी भएका छन् । “बजार बढ्दै गएपछि दुर्घटना, चोरी डकैतीपनि बढेका छन्”, उद्योग बाणिज्य संघ खुदी इकाईका उपाध्यक्ष ऋषिराम बस्नेतले भन्नुभयो, “क्यामेराले निगरानी गरेपछि आपराधिक गतिविधि न्यूनीकरण हुने विश्वास छ ।”

मस्र्याङ्दी–४ जगत बजार पर्यटकीय क्षेत्र हो । सिजनमा दैनिक तीनसयका हाराहारीमा विदेशी तथा स्वदेशी पर्यटक आउने गर्दछन् । मनाङको नाका समेत रहेको यो बजारमा सिसीटिभी क्यामेरा जडानपछि सुरक्षा र अन्य दृष्टीकोणले पनि राम्रो हुने स्थानीय ब्यवसायी बगबहादुर गुरुङले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist