काउलेपानीको लालीगुराँसले बोलायो पर्यटक

लमजुङ । वरीपरी सेता हिमाल । गाउँ माथिको जंगलमा फुलेका ढकमक लालिगुराँस । लमजुङको काउँलेपानी वरपर देखिने यी सुन्दर दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । यहाँ पुग्ने पर्यटक हिमाल र लालीगुराँसको दृश्यमा मनमुग्ध हुने गरेका छन् ।

नेपालकै नमुना होमस्टेबाट पुरस्कृत काउँलेपानी होमस्टेले पनि लालिगुराँसको मौसमलाई सदुपयोग गर्दै पर्यटकलाई ‘लालीगुराँस प्याकेज’ बेचिरहेको छ । होमस्टेको लालिगुराँस प्याकेजमा आन्तरिक पर्यटकहरु आकर्षित भैरहेका छन् । १२ महिने प्याकेजअन्तर्गत फागुनदेखी चैतसम्म लालीगुराँस प्याकेज रहने होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

लालीगुराँस प्याकेजमा दैनिक पर्यटक आगमन बढीरहेको समितिका अध्यक्ष देवबहादुर गुरुङले बताउनुभयो । “अहिले बनैभरि लालीगुराँस फुलेको छ । वरपर हिमालहरु खुलेका छन,” गुरुङले भन्नुभयो, “लालीगुराँस र हिमाल हेर्न आउने पर्यटकले होमस्टे भरिभराउ भैराछ ।”

काउलेपानी जाने बाटैदेखि पर्यटकको लालिगुराँस र हिमालसँग साक्षतकार हुन्छ । गाउँमाथि पुरानकोटसम्मै बनैभरि लालीगुराँस फुलेका छन् । यो समयमा हिमाली दृश्यवलोकन पनि उत्कृष्ट देखिन्छ । हिमाल र लालिगुराँसको यो समयलाई समात्दै गाउँ आएका पर्यटकलाई भुलाउने गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । पर्यटकलाई लालीगुराँस टिप्न भने रोक लगाइएको छ ।

काउलेपानी होमस्टे व्यवस्थापन समितिका अनुसार चैत बैशाखमा ऐसेँलु काफल प्याकेज सुरु हुन्छ । समितिका अनुसार जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज हुन्छन । यसैगरी भदौ महिनामा जात्रा प्याकेज, असोजमा चाडपर्व प्याकेज, कात्तिकमा कटुस प्याकेज, मसिरमा दाइँ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज र माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

२५ घरधुरी रहेको काउलेपानीमा १५ घरमा होमस्टे सञ्चालन छ । जसमा ८४ वेड रहेको छ । सदरमुकाम बेसीशहरबाट मोटरमा आधा घण्टामा पुगिने काउलेपानी गाउँ समुन्द्री सतहदेखि एक हजार छ सय मिटर उचाइमा छ ।

काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी देवी मन्दिर लगायत ऐतिहासिक महत्व बोकेको काउलेपानी क्षेत्रमा गुरुङ, नेवार, भुजेल लगायतका जातजातिको बसोबास छ । काउलेपानीको होमस्टेसंगै स्थानीयवासिन्दाको कला, संस्कार र संस्कृतिले काउलेपानी पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको छ । गाउँमा पाहुना आएको बेला उनीहरु सामूहिक रुपमा स्वागत सत्कारमा जुट्दै कौडा, चुट्का, घाँटु जस्ता संस्कृति देखाउने गर्छन् । त्यहाँ पुग्ने पर्यटकले शिरखोला आमा समूहको भब्य स्वागत सत्कार र विदाई समेत पाउने गरेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist