मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

लमजुङ । यातायातको पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिदैं गएको मात्र छैन, धुलो, धुँवा र ध्वनी प्रदूषणले पर्यटकलाई अशान्त पनि बनाउँदै आएको छ । शान्त तरिकाले रोमाञ्चित लामो यात्रा गर्न चाहने पर्यटकहरुका लागि प्रख्यात अन्नपूर्ण र मनास्लु पदमार्गको झल्को दिने गरी लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण भएको छ ।

‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण गरिएको यो पदमार्ग उत्तर–पूर्वी लमजुङ र उत्तर–पश्चिम गोरखाका उच्च पहाडी तथा हिमालको फेदसम्म पुग्न सकिन्छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र लमजुङ तथा गोरखाका पाँच स्थानीय तह मिलेर बैकल्पिक नयाँ पदमार्ग बनाएका हुन् ।

यो पदमार्ग लमजुङको डोना (ठुलागी)–मेमेपोखरी हुँदै गोरखाको रुबीनाला (५००० मिटर) पास हुनेछ । १८ दिनको यो यात्रामा जानेले बुद्ध र हिमालचुलीका बेस छुनेछन् । तल्लो क्षेत्रको पदमार्ग लमजुङको लिपे–बराहपोखरी क्षेत्र (३२०० मिटर) सम्म पुग्नेछन् । यो यात्रा करिब १३ दिनको हुनेछ । “यो पदमार्ग अन्नपूर्ण र मनास्लुभन्दा भिन्न र रोमाञ्चक रहेको छ, जहाँ अहिलेसम्म पर्यटक पुगेका छैनन्,’ टानका निर्देशक रामचन्द्र सेढाइले भन्नुभयो, ‘कुनै कोलहाल नहुँने यो पदमार्गमा पर्यटकहरु रोमाञ्चित हुनेछन्् । पर्वतीय पदमार्ग पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्नेछ ।’

समुद्री सतहबाट तीन हजार २०० मिटरको उचाइमा रहेको गोरखाको अजिरकोटदेखि यात्रा सुरू भएर दूधपोखरी हुँदै दोर्दी तर्फ अगाडि बढ्छ । यात्रामा करिब पाँच हजार उचाइसम्म पुगिने छ । यस पदमार्गभित्र गोरखा बारपाक, अजिरकोट, नागेपोखरी, दूधपोखरी, नोटाँचे, लिपेलेक, मेमेपोखरी, बराहपोखरी, ठूलागी ताल लगायत प्राकृतिक एवम् सांस्कृतिक क्षेत्र पर्दछन् । ट्रेल पार गर्नका लागि १८ दिन लाग्नेछ । जसमा दोर्दी गाउँपालिकामा मात्रै नौ दिनको रहेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बारपाक, मस्र्याङ्दी, अजिरकोट, राइनास जताबाट पनि यात्रा सुरु गर्न सकिन्छ ।

त्यस्तै ट्रेलको तल्लो रेन्ज अन्तर्गत गोरखाको अजिरकोट भच्चेक हुँदै लमजुङको दुधपोखरी बिचौर, इलमपोखरी, लिपे लेक, दाम्राङ, कीर्तिपुर, टापगाउँ, बारपोखरी, हिलेटक्सार हुँदै बेसिशहरको पिसहिल र मस्र्याङदी गाउँपालिकासम्म पुग्न सकिन्छ ।

ठुलठुला धार्मिक आस्थाका तालहरु, मनोमहक झरनाका दृष्यहरु, ऐनाजस्तै छर्लङ् देखिने हिमालहरु (हिमालचुली, बुद्ध हिमाल, हर्कचुलीलगायत हिमालहरु)को मनमोहक दृष्य, अद्भूत भौगोलिक दृष्यहरुले भरिपूर्ण ‘ग्रेट लेक ट्रेल’ एउटा लुकेको हिरा रहेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

पदमार्गमा लोपोन्मुख वन्यजन्तुहरु कस्तुरी, मृग, रेड पाण्डा, राष्ट्रिय चरा डाँफेलगायत धेरैथरिका चरा चुरुङ्गी र जनवारहरु पाइन्छ । विभिन्नथरिका गुराँस, सयौँथरिका जडिबुटीले भरिपूर्ण रहेकोले यो ट्रेल धेरै सम्भावना रहेको छ । गुरुङ जातिको मौलिक संस्कृति, पुरातत्विक कोट, गुम्बा, मठमन्दिरहरुले भरिपूर्ण यो पदमार्ग एकै ठाउँमा पाइने नमुना ट्रेकिङ ट्रेलमा विकास गर्न सकिने छ । उच्चहिमाली भेगमा प्रसस्तै भेटिने भैंसी र भेडीगोठहरुले यात्रालाई थप रमाइलो बनाउनेछ ।

यो ट्रेललाई पर्यटकको समयअनुसार छोटो र लामो गर्न सकिने टानले जनाएको छ । माछाखोला, लार्पाक, बारपाक, भच्चेक, बेसीसहर, भुलभुले, ङादी, बाहुनडाँडा, घेर्मु हुँदै जगतबाट पनि जान र आउन सकिन्छ । केही समस्या पर्दा धेरै ठाउँमा फोन लाग्ने, आपतकालीन अवस्थामा सहजै बस्ती झर्न सकिनेछ । यो ट्रेलमा नागपोखरी, दुधपोखरी, मेमे पोखरी अहिले पनि तीर्थालुयात्रा गर्ने धार्मिक आस्थाका पोखरीहरुमध्ये पर्दछ ।

“छोटो यात्रा गर्ने पर्यटकको लागि नागपोखरी ट्रेक, नागे दुधपोखरी ट्रेक, मेमे पोखरी ट्रेक, ठुलागीपोखरी ट्रेक एकदमै राम्रो छ”, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले भन्नुभयो, “जताबाट जसरी पनि यात्रा गर्न सकिने यो पदमार्गको प्रवद्र्धन र विकास गर्नसके छिट्टै पर्यटकले भरिभराउ हुने सम्भावना छ ।” साहसिक पर्यटन मन पराउनेहरुलाई क्यम्पिङ ट्रेक चलाउन सकिने उहाँले बताउनुभयो ।

टान र सम्बन्धित गाउँपालिकाहरु मिलेर यो पदमार्गको १६ दिन लगाएर अन्वेषण गरेका थिए । उनीहरुले पदमार्गको प्याकेजहरु तयार गरेका छन् । संघ र प्रदेशसँग मिलेर स्थानीय सरकारले पूर्वाधार निर्माण सुरुवात गरेका छन् । टे«लको बुधबार काठमाण्डौमां आधिकारीक रुपमा शुभारम्भ गरिएको छ । कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), टानका अध्यक्ष सागर पाण्डे, पर्यटन सचिव, बोर्डका महानिर्देशक, पालिकाका जनप्रतिनिधिहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु पर्यटन ब्यवसायीहरु सहभागी हुनुहुन्थ्यो । “पदयात्रा गर्न चाहने पर्यटकका लागि नयाँ टे«ल आयो है भन्ने जानकारी गरियो । पदयात्रा नक्सा, जानकारी ब्रोसर सबै सार्वजनिकरण गरियो । ट्रेलको एनिमेसन पनि देखाइयो”, टानका अध्यक्ष पाण्डेले भन्नुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist