मर्स्याङ्दी र दोर्दीमा ब्यवसायिक अकबरे खेती अभियान

लमजुङ । लमजुङको मस्र्याङ्दी र दोर्दी गाउँपालिकामा ब्यवसायिक अकबरे खुर्सानी खेती अभियान सुरु गरिएको छ । दुई पालिकामा गरेर एकहजार रोपनी भन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिदैं छ ।

दोर्दी गाउँपालिकाले अकबरे खुर्सानी खेतीका लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेर व्यवसायीक खेती गर्ने कृषकका लागि ५० प्रतिशत अनुदान दिएको छ । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढिकरण कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । गतवर्ष दोर्दी गाउँपालिका–४ कामचोक, बाँसबोट र कुखुरेढुङ्गा गाउँमा अकबरे खुर्सानी गरिएको थियो । गतवर्ष सफल भएपछि यसवर्ष क्षेत्रफल विस्तार गर्न लागिएको अधिकारीले बताउनुभयो ।

गतवर्ष १५ रोपनी क्षेत्रफलमा गरिएको अकबरे खुर्सानी खेतिबाट १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको दोर्दी साना किसान सहकारी संस्थाका अध्यक्ष सुकबहादुर गुरुङले बताउनुभयो । गाउँपालिकाले गत वर्ष विउ र मल्चिङ प्लाष्टिक खरिदका लागि दोर्दीे साना किसान सहकारीलाई ४० हजार रुपैयाँ अनुदान दिएको थियो ।

परिक्षणको रुपमा पहिलो पटक व्यवसायिक अकबरे खुर्सानी खेती सुरु गरेका दोर्दीका किसान यसपटक निकै उत्साहित बनेका छन् । उनिहरुले उत्पादन गरेको खुर्सानीले सहज रुपमा बजार पाएपछि उनिहरु झनै हौसिएका हुन् । गाउँपालिकाले यस वर्ष एउटा वडामा कम्तिमा पनि एकसय रोपनी क्षेत्रफलमा व्यवसायिक अकबरे खुर्सानी खेती गर्ने योजना बनाएको छ ।

मस्र्याङ्दी गाउँपालिकाले यसवर्षबाट अकबरेको ब्यवसायिक खेती अभियान सुरु गरेको हो । पालिकाका नौ वटै वडामा खेती गर्नका लागि किसान छनौट गरि तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले बताउनुभयो । छनौट भएका किसानले कम्तिमा एक रोपनी र बढीमा जति क्षेत्रफलमा पनि अकबरे लगाउनेछन् ।

अकबरेको ब्यवसायिक खेतीका लागि गाउँपालिकाले दश लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले दश लाख रुपियाँ बजेट विनियोजन गरेका छन् । इलामबाट स्थानीय रैथाने जातको विउ ल्याएर विरुवा उत्पादन गरिएको कृषि शाखा प्रमुख विनोद दाहालले बताउनुभयो ।

उत्पादन भएको खुर्सानीको बजार सुनिश्चितता समेत गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । बजारीकरणका लागि पालिकामै मासिक हाटबजारको ब्यवस्थासँगै जनता एग्रो कम्पनीसँग विक्रीको सम्झौता भएको उहाँले बताउनुयो ।

अकबरेको ब्यवसायिक खेतीका लागि दुवै पालिकाका किसानहरु जग्गामा मलखाद तथा खनजोत गरि विरुवा रोप्ने तयारीमा जुटेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist