लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका किसानलाई व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती प्रविधि सम्बन्धी तालिम दिइएको छ । गाउँपालिकाको नौ वटै वडका किसानहरुलाई एकदिने तालिम दिइएको हो ।
सहभागी किसानलाई अकबरे खुर्सानीको जात छनोट, जमीनको तयारी, माटो उपचार, मलखाद व्यवस्थापन, बेर्नाको उपचार, ब्याड बनाई मलचिङ लगाई बेर्ना रोप्ने तरिका, बेर्नाको हेरचाह, काँटछाँट, सिँचाई, रोग–किरा नियन्त्रण, टिपाई, भण्डारण, बजारीकरण, प्रशोधन, मूल्य शृंखला सम्बन्धी तालिम दिइएको छ ।
मस्र्याङ्दी गाउँपालिका कृषि शाखाको आयोजनामा शुक्रबार वडा नं. ५, ६, ७ र ८ का गरी ४२ जना किसानले सहभागिता जनाएका थिए । बिहीबारको तालिममा वडा नं. १,२,३,४ र ९ नम्बर वडाका किसानहरुको सहभागिता थियो । किसानलाई हिर्कुश एग्रो फार्म प्रालिका अध्यक्ष गोवद्र्धन गौलीले तालिम दिनुभएको थियो ।
मस्र्याङ्दी गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत व्यावसायिक अकबरे खुर्सानी खेतीसम्बन्धी कार्यक्रम अन्तर्गत किसानलाई तालिम प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मस्र्याङ्दी गाउँपालिकामा व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
अकबरे खुर्सानी खेतीतर्फ किसानलाई आकर्षित गराउन र किसानलाई व्यावसायिक बनाउन तालिम प्रदान गरिएको कृषि शाखा खुदीका प्रमुख विनोद दहालले बताउनुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















