लमजुङ । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद् लमजुङको अध्यक्षमा विकासचन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । सदरमुकाम बेसीसहरमा सम्पन्न परिषदको आठौं जिल्ला अधिवेशनले घिमिरे अध्यक्ष रहेको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा ताराराज घले, सचिवमा सविन कार्की, कोषाध्यक्षमा प्रमोद अधिकारी, उपसचिवमा दुर्गा रिमाल र सुरेशबावु तिवारी चयन हुनुभएको छ ।
सदस्यहरुमा अर्जुन भण्डारी, उमलबहादुर विक, शेरबहादुर भण्डारी, प्रमोद घिमिरे, विनोद अधिकारी, इन्दिरा बस्नेत, डा. अनुप गुरूङ, प्रमोद विक, मिलन केसी, सरिता खनाल र प्रभात केसी चयन हुनुभएको निवर्तमान अध्यक्ष विमल अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि परिषद्का केन्द्रीय महासचिव ईन्जिनियर गजेन्द्रप्रसाद थपलियाले पार्टीलाई सहि दिशामा हिडाउन बुद्धिजीवीहरूले महत्त्वपूर्ण भूमिका निभाउन जोड दिनुभयो । पार्टीका प्रत्येक नेता र जनप्रतिनिधिको सहि विश्लेषण गरेर नेतृत्वलाई सुझाव दिने काम बुद्धिजीवी संगठनले गर्नसक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य प्रेम घले, प्रदेश कमिटी सदस्य एवं बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, प्रदेश कमिटी सदस्य लक्ष्मी अधिकारी, जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्ट, बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य डा. राजेन्द्र चपागाईले मन्तव्य राख्दै बुद्धिजीवी संगठनले पार्टीप्रति भैरेको नकारात्मक प्रचार र प्रहारको भण्डाफोर गर्न भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी उपाध्यक्ष जीतबहादुर गुरूङ, उपसचिव विवश बुढाथोकी, सचिवालय सदस्य एवं मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ, लेखा समिति संयोजक ईश्वर पौडेललगायतका नेतृत्वको उपस्थिति रहेको जनसंगठन प्रमुख जुन तामाङले जानकारी दिनुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















