लमजुङ । गण्डकी प्रदेश सरकारले बजेट नपठाउँदा लमजुङको पूर्वी क्षेत्र दुधपोखरीको ‘लाइफलाइन’ सडकको रुपमा रहेको बोराङखोला–विचौैर सडक कालोपत्रको काम अलपत्र परेको छ ।
राइनास नगरपालिका–२ बोराङखोला बजारदेखि दुधपोखरी विचौर जोड्ने चार दशमलव सून्य दुई किलोमिटर सडक कालोपत्रको काम बजेट नआउँदा अगाडि बढ्न नसकेको हो । भ्याटसहित ११ करोड ३५ लाखमा ठेक्का लागेको यो सडकमा २२ प्रतिशत मात्र काम भएको छ ।
चालु आर्थिक वर्षमा आएको दुई करोड रुपियाँको काम भएपनि बाँकी रकम नआउँदा कामको गति दिन नसकिएको निर्माण कम्पनी रामसागर विके एसके जेभीले जानकारी दिएको छ । बजेट नभएपछि सडक निर्माणबाट निर्माण ब्यावसायीले कामदार घटाएको छ ।
पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी इन्जिनियर नरेशराज जोशीका अनुसार सो सडकमा स्टक्चरको काम सम्पन्न भएको छ । मेसिनरी टेवा पर्खालको काम भैरहेको छ । सम्याउने, बेस राख्नेलगायता काम बाँकी नै छ । “मन्त्रालयबाट थप बजेट नआउँदा काम अलि सुस्त भएको हो”, जोशीले भन्नुभयो, “अब दुई तीन महिनामा रकमान्तर भएर बजेट आउने सुनेका छौं, त्यसपछि काम अघि बढ्छ ।”
सडक निर्माणको काम रोकिएपछि स्थानीय चिन्तित भएका छन् । सडक निर्माणको काम नहुँदा धुलाम्मे भएर हिँडडुल गर्न समेत समस्या भएको स्थानीयले बताएका छन् ।
“छिटो काम सम्पन्न भए सुविस्ताले हिड्न पाइन्छ कि भन्ने आशमा थियौं । बजेट अभावले काम रोकियो भन्ने सुन्दा दुःख लागेको छ”, इलमपोखरीका केवी गुरुङले भन्नुभयो, “सरकारले छिटो बजेट पठाइदिए हुन्थ्यो ।”
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















