लमजुङ एमाले वडा केन्द्रित अभियानमा

लमजुङ । पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउने उदेश्यले नेकपा (एमाले) लमजुङ तीनमहिने ‘वडा केन्द्रित अभियान’ मा केन्द्रित भएको छ । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको ‘मिसन–८४’ अभियानसँगै नेकपा (एमाले) लमजुङ वडाकेन्द्रित अभियानमा जुटेको हो ।

केन्द्रीय कमिटिको निर्णय अनुसार जिल्लामा संगठनका कमजोरी, जनताको चासो र गुनासो संकलन गरी सम्बोधनको प्रयास गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं लमजुङ इन्चार्ज जमीन्द्रमान घलेले बताउनुभयो ।

“यो अभियान वडा केन्द्रीत कार्यक्रम हो । जनतासम्म पुग्ने, भेटघाट गर्ने, समस्या के हो ? आवश्यकता के के छन् ? संकलन गर्ने र कार्यान्वयनमा पहल हुनेछ,” घलेले भन्नुभयो, “हाम्रो नेतृत्वमा भएका राम्रा कामहरुको प्रचार गर्दै एमालेमाथी भइरहेको साइबर आक्रमणको प्रतिकार गर्न पनि अभियानले सहयोग पुग्नेछ ।”

एमालेको नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पुर्याउन र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न यो अभियान संचालन गरिएको नेकपा एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टले बताउनुभयो । तीन महिनासम्म सञ्चालन हुने वडा केन्द्रित अभियानमा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु प्रत्यक्ष रुपमा खटिनेछन् । संगठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो अभियानको क्रममा संकलन गरिने र सम्बोधनको प्रयास हुने विष्टले बताउनुभयो ।

“जनसंगठनमार्फत विभिन्न पेसा र व्यवसायमा रहेका गैर एमाले पंक्तिलाई एमालेको नजिक ल्याउने काम यो अभियानमा हुन्छ,” जिल्ला कमिटि लमजुङका सचिव राजेन्द्र बोहोराले भन्नुभयो, “वडा केन्द्रीत अभियानमा एमालेले नेतृत्व गरिरहेका र यसअघि नेतृत्वमा हुँदा गरेका कामहरूको प्रचार पनि हुनेछ ।”

अभियानका क्रममा भेला, बैठक, प्रशिक्षण, टोल कमिटि गठन, आगामी चैतभित्र संगठित सदस्य नवीकरण, नयाँ सदस्यता प्रदान, जनसंगठन कमिटि अधिवेशन, वडामा सार्वजनिक सुनुवाइ, हाजिरी जवाफ प्रतियोगितालगायत कार्यक्रम गरिने नेकपा एमाले लमजुङका उपसचिव विवश बुढाथोकीले बताउनुभयो ।

अभियान अन्तर्गत जिल्लास्तरको प्रशिक्षण, जनप्रतिनिधिको भेला, जनसंगठनका अधिवेशन तथा भेलाहरू समपन्न भएका छन् । शनिबारदेखि पालिका स्तरको प्रशिक्षण शुरू भएको र सदस्यहरुको घरदैलोमा पुग्ने काम भैरहेको उपसचिव राममाया थापाले बताउनुभयो ।

‘अभियानका क्रममा हुने महत्वपूर्ण काम भनेको जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु हो । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ गण्डकी प्रदेश कमिटि सचिव धनञ्जय दवाडीले भन्नुभयो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist