स्याङ्जालाई करापुटार भलिवलको उपाधि

लमजुङ । मध्यनेपाल नगरपालिका–७ करापुटारमा आयोजित १४ औं करापुटार खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिका–२, स्याङ्जाले हात पारेको छ ।

चौध टिम सहभागि प्रतिस्पर्धात्मक खेलमा शुक्लागण्डकी नगरपालिका वडा–१०, तनहुँ दोस्रो स्थानमा रह्यो । विजेता टिमले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा व्यक्तिगत उत्कृष्टता देखाउने खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको थियो । बिरुवा गाउँपालिका २, स्याङ्जाका कृष्ण राना सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उत्कृष्ट स्पाइकरको उपाधि बिरुवा–२ कै विनायक थापाले पाउनुभयो भने उत्कृष्ट डिफेन्डर शुक्लागण्डकी–१०, तनहुँका विमल थापा मगर बन्नुभयो । उत्कृष्ट ब्लकरको उपाधि पनि शुक्लागण्डकी–१० कै प्रेम कुमालले जित्नुभयो । सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो भने अन्य व्यक्तिगत विधाका विजेताहरूलाई जनही १ हजार, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

विजयी टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दै मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेले प्रतियोगिताले खेलकुदको प्रवद्र्धन गर्नुका साथै युवा खेलाडीहरूलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

आयोजक करापुटार युवा क्लबका अध्यक्ष तेज बहादुर तामाङले दर्शकहरूको उत्साहजनक सहभागिता रहेको प्रतियोगितालाई आगामी वर्ष थप व्यवस्थित र आकर्षक बनाउने बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist