आमा समूह नृत्य प्रतियोगितामा शान्तीटोल प्रथम

लमजुङ । सदरमुकाम बेसीसहरमा जारी प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सवमा आयोजित आमा समूह सामुहिक नृत्य प्रतियोगितामा बेसीशहर नगरपालिका–७ को शान्ति टोल तमू समाज प्रथम भएको छ ।

प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ को दिदीवहिनी कृषक समूह द्धितिय र दोर्दी गाउँपालिका–८ को दोर्दी आमा समूह तृतिय भएका छन् । यसैगरी बेसीशहर–७ को मनाङ्गेचौतारा तमू समाज र दोर्दी–८ को बुद्धमिलन आमा समूह सान्त्वना भएका छन् । नृत्य प्रतियोगितामा ११ समूहले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथमलाई तिस हजार, द्धितिय पुरस्कार विस हजार, तृतीय पुरस्कार दश हजार र सान्तवना पुरस्कार पाँच÷पाँच हजार र प्रमाणपत्र पाउनेछ । विजेता समूहलाई १८ गते महोत्सव समापनको दिन पुरस्कार वितरण गरिने महोत्सव आयोजक समितिले जनाएको छ ।

सहजी खेलमैदानको लागि जग्गा खरीद गर्न आर्थिक सकंलन गर्ने उदेश्यले खेलकुद तथा सांस्कृतिक महोत्सव सञ्चालन भैरहेको छ । फागुन ६ गतेदेखि सुरु भएको महोत्सव १८ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा जिल्ला खेलतर्फ जिल्ला स्तरिय महिला र पुरुष भलिबल, विद्यालयस्तरीय कराँते प्रतियोगिता, स्नुकर र छेलो प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहदै आएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist