सुन्दरबजारको कृषि अनुसन्धानमा क्याम्पसले सघाउने

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकामा कृषि अनुसन्धान तथा प्रसारमा लमजुङ कृषि क्याम्पसले सघाउने भएको छ ।

त्रिभुवन विश्व बिद्यालय कृषि र पशु बिज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पस र सुन्दरबजार नगरपालिका बिच सहकार्यको सम्झौता भएको हो । पालिकाका भित्रका कृषकको सहजता र समग्र कृषि क्षेत्रको विकासमा सहकार्यका लागि नगरपालिका र क्याम्पस विच विभिन्न १४ बुँदामा समझदारी भएको नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

“सुन्दरबजार नगरपालिका क्षेत्रका कृषक तथा समुदायका लागि कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि प्रसार तथा पशु र वातावरण क्षेत्रको प्रवद्र्धनको लागि क्याम्पससँग समझदारी भएको छ”, नगर प्रमुख कोइरालाले भन्नुभयो, “यो कार्यले कृषि अनुसन्धान, कृषि शिक्षा, विकास र प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरेका छौं ।”

कृषि अनुसन्धान, कृषि प्रसार र कृषि शिक्षा लगायतका क्षेत्रहरुमा नगरपालिका, क्याम्पस र कृषकहरु बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्राध्यापक तथा विद्यार्थीहरु परिचालन गरिनेछ । यसैगरी नगरपालिका, कृषि विकास शाखा, वडा कार्यालय, कृषि समुह, सहकारी संस्थाहरुमा कृषि योजना तर्जुमा सम्बन्धी क्षमता अभिविद्धि गर्ने, नगरपालिका, वडा, सहकारी तहका कृषि प्राविधिक तथा अगुवा कृषकहरुलाई कृषि र पशुपालन सम्बन्धी तालिम प्रदान गरिने लमजुङ क्याम्पसका प्रमुख डा. रामकुमार श्रेष्ठले बताउनुभयो ।

दुई संस्थाविच उन्नत प्रविधिहरुको नमुना प्रर्दशनी, एकीकृत कृषि, पशु बाँझोपन उपचार शिविर संचालन तथा प्राविधिक परामर्श सेवा प्रवाह गरिने श्रेष्ठले जानकारी दिनुभयो । सम्झौताको अबधीमा प्रयोगशालामा माटोको परीक्षण, बिश्लेषण तथा मलखादको सिफारिस सम्बन्धी परामर्श सेवा प्रवाह गर्ने समझदारी भएको छ ।

यसैगरी बालीको रोगकिरा, अन्य व्यवस्थापकीय समस्याहरुको प्रयोगशाला पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धी परामर्श सेवा प्रदान गर्ने, पशुमा रोगका वारेमा प्रयोगशालामा पहिचान गर्ने, स्थानीय स्तरका जैबिक विविधता, औषधीय बनस्पति, संरक्षण तथा प्रोत्साहन कार्यक्रम संचालन गर्ने दुई संस्थाविच समझदारी भएको छ ।

कृषि प्रसारका लागि विविध प्रकाशन, अभिमूखिकरण, तालिम, कार्यशाला, गोष्ठि, सेमिनार, अभियान आदि संचालन गर्ने, सोका लागि आवश्यक वजेट सुन्दरबजार नगरपालिकाले व्यवस्था गर्ने र प्राविधिक सहयोग लमजुङ क्याम्पसले उपलब्ध गराउने भएको छ । विद्यालयमा कृषि उत्पादन र असल खानेबानी विकास सम्बन्धी कार्यक्रम संचालन गर्ने, रैथाने बालीबाट बन्ने परिकारबारे प्रचार प्रसार गर्ने समेत सम्झौता भएको छ ।

दुवै पक्षको सहकार्यमा हुने कार्यहरुको सहजिकरणका लागि समन्वय समिति समेत गठन भएको छ । समितिको संयोजकमा नगरप्रमुख कोइराला, सदस्यमा उपप्रमुख भवानी केसी, प्रमुख प्रशासकिय अधिकृत, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, सुन्दरबजार नगरपालिका योजना शाखा प्रमुख र कषि विकास शाखा प्रमुख रहनुभएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist