लमजुङ । महाशिवरात्रिको अबसरमा लमजुङको सुन्दरबजारमा भएको खुला भजनकृतन प्रतियोगितामा सुन्दरबजार–९ को थाक्ले भजन समूह प्रथम भएको छ ।
छ टिमको सहभागिता रहेको प्रतियोगितामा बेसीसहर–११ रामचोक भजन समूह द्धितिय र राइनास नगरपालिका–१ स्थित तल्लो बोराङ भजन समूह तृतिय भएको छ । सुन्दरबजार–६ बरेटारामा रहेको शिवजी गुठी संरक्षण संवद्र्धन समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका भजन समूहलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार नगदसहित प्रमाणपत्र वितरण प्रदान गरिएको समितिका सचिव सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसैगरी उत्कृष्ट नृत्यतर्फ थाक्ले भजन समूहलाई नगद एक हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको शिवजी मन्दिरका अध्यक्ष आनन्दलाल श्रेष्ठले जानकारी दिनुभयो ।
सुन्दरबजार नरपालिकाका प्रमुुख कृष्णप्रसाद कोइरालाले भजन प्रतियोगिताले पुरानो ंभजन संस्कृतिको संरक्षण हुने बताउनुभयो । धार्मिक संस्कार सस्कृतिको जगेर्ना गर्न र भजन गीतको मौलिकता जोगाउन प्रतियोगिताले योगदान दिएको कार्यक्रममा सुन्दरबजार–७ का वडाअध्यक्ष जयराम रेग्मीले बताउनुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















