रातभर उभिएर ठाडोबत्ती बाल्दा सन्तान जन्मिने अनौठो विश्वास !

लमजुङ । अघिपछिका दिनमा सुनसान हुने लमजुङको मध्यनेपाल–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा शिवरात्रिमा भने भक्तजनहरुको ठूलो घुइँचो लाग्छ । हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्नुमा भने अनौठो विश्वास छ ।

दिनभर निराहार ब्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ती हुन्छ भन्ने विश्वासले यो घुइँचो लाग्ने गरेको हो । मध्यनेपाल–७ ईशानेश्वर निवासी प्रदीपराज घिमिरेले बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि चिन्तित हुनुहुन्थ्यो ।

पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा पटकपटक स्वास्थ्य जाँच गराउँदा समेत सन्तान हुने लक्षण नदेखिएपछि डा. भोला रिजालसँग जाँच गराउनुभयो । परीक्षण पश्चात डा. रिजालले पनि सन्तान हुन नसक्ने बताएपछि उहाँ शिवरात्रिमा इशानेश्वर महादेव मन्दिरमा रातभर उठेर ठाडो बत्ती बाल्नुभयो । त्यसपछि उहाँको सन्तान भयो । उहाँले भन्नुभयो, “धर्मप्रति मलाई अहिले विश्वास लाग्छ ।”

समीभञ्ज्याङका रामचन्द्र श्रेष्ठले विवाह गरेको ७ वर्षसम्म सन्तान नभएपछि शिवरात्रिमा रातभर उठेर बत्ती बाल्नुभयो । निराहार ब्रत बसेर ठाडो बत्ती बालेपछि उहाँको पनि छोरा जन्मियो । उहाँ भन्नुहुन्छ, “अरूले भनेको सुन्दा विश्वास थिएन, आफैंले भोग्दा विश्वास जाग्यो ।”

मध्यनेपाल थानसिं नेटाका कृष्ण र सम्झना गुरुङले पनि यहाँ पुजा गरेपछि सन्तान भएको बताउनुभयो । काठमाण्डौका प्रकाश लम्साल र टिङ्कु चापागाइँले आफ्नो पहिलो सन्तान सन्तानेश्वर महादेवलाई देखाउनुभयो । विवाह भएको १० बर्षसम्म सन्तान नभएपछि टिङ्कु यहाँ ठाडोबत्ती बाल्न आउनुभएको थियो । “यहाँ बत्ती बालेपछि सन्तान हुन्छ भन्ने सुनेकी थिएँ”, टिङ्कुले भन्नुभयो, “नभन्दै सन्तान पनि भयो । भगवानलाई ल्याएर देखाएँ ।”

सुन्दरबजार नगरपालिका–४ दुराडाँडाका वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीले पनि यहाँ ठाडोबत्ती बालेपछि आफ्नो छोरा भएको सुनाउनुभयो । महाशिवरात्रीका दिन बुधबार इशानेश्वर महादेव मन्दिरमा सन्तान देखाउने र माग्नेको संख्या सयौं थियो ।

धार्मिक तथा ऐतिहाँसिक महत्व बोकेको इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रीका दिन रातभर उभिएर ठाडोबत्ती बालेमा सन्तान नहुनेलाई सन्तान र पुत्र नहुनेलाई पुत्र लाभ हुने विश्वास रहेको इशानेश्वर मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनुभयो ।
“रातभर जाग्राम बसेर बत्ती बाल्नेहरुको संख्या बर्षैसाल बढ्दो छ”, अध्यक्ष घिमिरेले भन्नुयो, “संख्या बढ्नु भनेको मन्दिरप्रति विश्वास बढ्नु हो ।” ठाडाबत्ती बाल्नेहरुलाई नाम दर्ता गराएरमात्रै बाल्न दिने ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

मन्दिरमा ठाडोबत्ती बाल्नका लागि तनहूँ, कास्की, गोरखा, चितवन, पर्वत, रुपन्देही, बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा, धादिङ लगायतका जिल्लाका भक्तजनहरु आउने गर्दछन । काठमाडौँको पशुपतिनाथ पछिको सवैभन्दा धेरै भक्तजनहरुको घुइँचो लाग्ने इशानेश्वर मन्दिर धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले दृष्टिकोणले पनि प्रख्यात बन्दै गएको छ ।

रोचक किंवदन्ती
ईशानेश्वर महादेवको उत्पत्ति एवं उत्खननका सन्दर्भमा हिन्दु धर्मग्रन्थका विभिन्न पुराणहरूमा यसको महिमा उल्लेख छ । हिन्दु धर्मशास्त्रको स्वस्थानी ब्रतकथामा उल्लेख गरिए अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने सिलसिलामा महेन्द्रगिरिमा पुग्दा सतीदेवीको दाहिने तिघ्रा पतन भएको थियो ।

सोही महेन्द्रगिरि इशानेश्वरको चिसंकुलाई भनिएको संस्कृतिविद्हरुको भनाइ छ । त्यसपछि ईशानेश्वरमा इन्द्राक्षीदेवी, अद्र्धगामिनी, योगिनी, तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्तिको स्वरुपमा रहेको धार्मिक विश्वास छ ।

सोही रत्नभूमिमा लक्ष्मी आई नाना द्रव्य चढाइ सेवा गर्नुभयो । लक्ष्मीले कात्तिक कृष्ण अमावश्याको दिन सम्पूर्ण लोकले पूजा गरी सम्मान गरुन् भनी आशिष मागेको र ईश्वरी प्रसन्न भई तथास्तु भनेर बरदान दिएको धार्मिक किंवदन्तीमा पाइएको इशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गणराज घिमिरेले बताउनुभयो । सोही समयदेखि ईशानेश्वर महादेवलाई तारकेश्वर महादेवको रुपमा समेत पूजाआजा गरिँदै आएको छ ।

योगी नरहरिनाथको भनाइमा पृथ्वीमण्डलमा महादेवका पाँच मुखमध्ये ईशानकोणमा अवस्थित भएकाले तारकेश्वरलाई ईशानेश्वर महादेव नामकरण गरिएको हो । स्थानीयबासीका अनुसार छ सय वर्षपहिले स्थानीय बासिन्दा शिवदास पोखरेलले चिसो ठाउँ पहिल्याइ धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा हलोको फालीको टुप्पाले शिवलिंग स्वरुपको शीला जोतिएर रगत बगेको र गोरुसहित उहाँ जलेर मरेको भनाइ छ । सोही समयदेखि गोरुको सिङ मन्दिरमा सुरक्षित राखिएको इशानेश्वर क्षेत्र विकास समितिका पूर्व अध्यक्ष रामचन्द्र शास्त्रीले बताउनुभयो ।

यस धार्मिक तथा ऐतिहासिक महत्वलाई पहिचान गरी तत्कालीन गोरखाका निसन्तान राजा कृष्ण शाहले शाकेसंवत १४१४ मा आफ्ना सीपयुक्त पल्टन प्रयोग गरी हाल रहेको मन्दिर निर्माण गरेको बताइन्छ । पछि उहाँलाई पुत्रलाभ भएको र छोराको नाम शिवरुप सम्झेर रुद्र शाह राखेको किंवदन्ती छ । पछि पूजारी वंशका कपिलमणि सोतीले प्रचार गरी ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रुपमा स्थापित गराएको मध्यनेपाल नगरपालिकाका प्रमख रमेशकुमार पाण्डेले बताउनुभयो ।

इशानेश्वर क्षेत्रमा रहेका प्राचीन शिलालेख एवं अभिलेख अनुसार शाके संवत १६९४ मा नरहरि शाहका सन्तान वीरनारायण शाह र उहाँका दुई श्रीमतीहरु शालधरा जेठी र शकलानकुमारी कान्छीले नौ सय ३५ रोपनी जग्गा मन्दिरमा दान गरेको उल्लेख छ ।

उक्त जग्गाबाट उब्जनी हुने अन्नबाली महाशिवरात्रिका दिन फकिर, फुकुरा एवं जोगीहरुलाई सदावर्त व्यवस्था गरेबमोजिम हालसम्म सञ्चालन भइरहेको पूजारी व्यवस्थापन समितिका सचिव रामचन्द्र सोतीले बताउनुभयो । त्यस्तै १५ रोपनी पुजारी गुठीमा राखेर नियमित पूजा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । हाल दैनिक पूजा सञ्चालन गर्न सोतीहरू संलग्न एक पुजारी व्यवस्थापन समिति बनाइएको छ ।

पुजारीहरूले गुठी उपभोग गरी पूजा कर्म सञ्चालन खर्च जुटाउँछन् भने महादेवलाई सामूहिक आस्थाको केन्द्र मानेर हरेक वर्ष वैशाख १ र कात्तिक १ गते गाउँलेले बाजागाजासहित सामूहिक रुद्री पूजा गर्ने परम्परा छ ।

ठाडो भाकाको सुरूवात
गण्डकी प्रदेशमा प्रख्यात ठाडो भाकाको उत्पत्ति शिवरात्रि मेलामा भएको स्थानीय संस्कृतिकर्मीहरु बताउँछन् । शिवरात्रिमा बत्ती बाल्न लमजुङ नेटाका देउबहादुर दुराले विक्रम संवत १९५१ मा पहिलो पटक करापुटारमा ठाडो भाका गाउनुभएको थियो ।

सोही समयदेखि नै तत्कालिन पश्चिमाञ्चलमा ठाडो भाका गाउन थालिएको र लोक दोहोरी गीतको मुहान पनि ठाडो भाका नै रहेको गायक धम्पु दुरा बताउनुहुन्छ । देउबहादुर दुरापछि भेडिखर्के साइँलाले ठाडोभाकाको प्रचारप्रसारमा ठुलो योगदान दिनुभएको थियो ।

इशानेश्वर क्षेत्रलाई धार्मिक पर्यटनका केन्द्र बनाउन ईशानेश्वर क्षेत्र विकास समिति लागि परेको छ । ईशानेश्वर क्षेत्रमा एक सय आठ धारासहित गौरीकुण्ड निर्माण गरिएको छ । अन्य संरचनाहरु पनि निर्माण भैरहेका छन् ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist