सोतीपसलमा नयाँ प्रहरी भवन

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको छ । मंलबार नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भोलाबहादुर रावलले नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुभयो ।

नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक रावलले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा राम्रो बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताउनुभयो । शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रहरीलाई राम्रो भौतिक संरचनाको आवश्यकता पर्ने उहाँले बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक ईन्जिनियर ध्रुव अधिकारीले नवनिर्मित भवनमा कार्य प्रशासन शाखा, महिला÷पुरुष हिरासत कक्ष, महिला पुरुषको व्यारेक, ईन्चार्ज आवास, भान्सा तथा चर्पीसहितको आधुनिक भवन निर्माण गरिएको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय भोर्लेटरका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालका अनुसार दुई रोपनी क्षेत्रफलमा बनाइएको भवन आरसिसि फ्रेम स्टक्चर अबधारणामा र लोड बियरिङ्ग अबधारणामा शौचालय निर्माण गरिएको छ । नवनिर्मित भवन महिला र फरक क्षमता ब्यक्तिमैत्री रहेको उहाँले बताउनुभयो ।

विदुर–७ नुवाकोटको सुनामी–एस ए जेभीसँग तीन करोड १६ लाख ८८ हजार ५४ रुपियाँको लागतमा २०८० जेठ २१ गते सम्झौता भई प्रहरी चौकीको भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा मन्तब्य राख्दै मध्यनेपाल नगरपालिकाका उपप्रमुख सिता गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ र मध्यनेपाल–२ का वडाअध्यक्ष पदमबहादुर थापाले नयाँ भवनबाट यस क्षेत्रका नागरिकले सर्वसुलभ शान्तिसुरक्षा र सेवा पाउने बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist