लमजुङ । भूकम्प तथा आगलागीबाट बच्न सचेतना जगाउन लमजुङस्थित नेपाली सेनाको चण्डी प्रसाद गणले कृतिम अभ्यास गरेको छ ।
लमजुङको क्व्होँलासोँथर गाउँपालिका–९ गिलुङ गाउँ पुगेर सेनाको टोलीले विपद् सम्बन्धी कृतिम अभ्यास गरेको हो । गिलुङको बुद्दोदय माध्यामिक विद्यालयमा मंगलबार आयोजना गरिएको कार्यक्रममा स्थानीय, शिक्षक, विद्यार्थी तथा जनप्रतिनिधिहरुको सहभागिता थियो ।

चण्डीप्रसाद गणका सेनानी प्रदिप थापाको टोलीले विपद् ब्यवस्थापन सम्बन्धी सचेतनामुलक कृतिम अभ्यासहरु प्रस्तुत गरेको वडा नं. ९ का वडा अध्यक्ष हुमराज गुरुङले जानकारी दिनुभयो । मानव निर्मित अव्यवस्थित भौतिक पूर्वाधार संरचनाका कारण प्रकोपमा परि धेरै धनजनको क्षति हुनेहुँदा यस्ता कार्यक्रमले सचेत गराएको उहाँले बताउनुभयो ।
कृत्रिम घटना अभ्यास अवलोकनपछि प्राकृतिक प्रकोपको बारेमा धेरै जानकारी प्राप्त भएको बुद्दोदय मावि ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिप्रसाद गुरुङले बताउनुभयो । “भूकम्प गइहाले कसरी बँच्ने ?,उहाँले भन्नुभयो, “आगोलागी भएमा नआत्ति उद्दारमा लाग्नुपर्ने रहेछ, दमकललाई बोलाउनुपर्ने रहेछ ।”

भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी तथा सुरक्षित भवन निमार्ण लगायतका विषयमा प्रभावकारी प्रचारप्रसार र जानकारीका लागि कृतिम अभ्यास प्रदर्शन गरिएको चण्डीप्रसाद गणका सेनानी प्रदिप थापाले बताउनुभयो ।
भूकम्पीय जोखिम तथा आगलागीलाई लक्षित गरी विपद् व्यवस्थापन सम्बन्धी गरिएको यस्ता कार्यले स्थानीयलाई सचेत बनाएको क्व्होँलासोँथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । विपद्को समयमा नेपाली सेनाको अतुलनीय सहयोग र योगदान रहने गरेकाले सचेतनामुलक कामले झनै भरोसा बढाएको उहाँले बताउनुभयो ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link