लमजुङ । सदरमुकाम बेसीशहरमा आधारभूत मौरीपालन सम्बन्धी जिल्लास्तर तालिम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यान्वय इकाई कार्यालयको आयोजनामा तीनदिने तालिम मंगलबारदेखि सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति लमजुङको उपप्रमुख बुनाकुमारी रिमालले जीविका पार्जनको लागि गरिने निर्वाहमुखी तरिकाले किसानको स्थर माथि उठ्न नसक्ने बताउनुभयो । कृषि क्षेत्रमा धेरै बजेट भएपनि पूर्णरुपमा कार्यान्वयन नहुँदा किसानहरूले सहज रूपमा त्यसको लाभ लिन समस्या भइरहेको उहाँको भनाई छ । यस्ता तालिमले किसानलाई राहत हुने भन्दै उहाँले तालिम पश्चात तालिमको उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
परियोजनाका निमित्त प्रमुख हरिबहादुर मिजारले यस तालिममा जिल्लाका २४ जना किसानलाई सहभागिता गराएर तालिम दिंदै यस व्यवसाय प्रति आधारभूत मौरीपालन तालिम दिन लागिएको बताउनुभयो । तालिममा मौरी चरण, मह उत्पादन, गोला व्यवस्थापन, रानी उत्पादन लगायतका विषयमा सिकाइने छ । सहभागीहरूलाई प्रशिक्षक नवीन श्रेष्ठ, बुद्धिलाल आले लगायतले प्रशिक्षण दिनुहुने भएको छ । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश सदस्य जनक श्रेष्ठ, कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link