लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ का वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले निजी लगानीमा दुईवटा सरस्वती मन्दिर निर्माण गर्नुभएको छ ।
वडाअध्यक्ष श्रेष्ठले कान्ती मन्दिर माध्यमिक बिध्यालय पुर्काङ र महेन्द्र मन्दिर माध्यमिक विद्यालय झुलडाँडामा सरस्वती मन्दिर निर्माण गरिदिनुभएको हो ।
श्रेष्ठले निजी लगानीमा निर्माण गरिदिएको मन्दिर बिध्यालयहरुलाई हस्तान्तरण गर्नुभएको छ । मन्दिर हस्तान्तरण गर्दै श्रेष्ठले आफु दुबै विद्यालयको पूर्व विद्यार्थी, दुबै विद्यालयको पूर्व विद्यालय ब्यबस्थापन समिती अध्यक्ष र वडा अध्यक्ष भएको नाताले विद्यालयमा सरस्वती मन्दिर निर्माण गरिदिएको बताउनुभयो ।
श्रेष्ठले आफुले चालेको सरस्वती मन्दिर निर्माणको अभियानमा सहयोग र साथ दिने विद्यालय, ब्यवस्थापन समिति र अभिभावक संघलाई धन्यवाद दिनुभयो । करिब पाँच÷पाँच लाख लागतमा मन्दिर निर्माण भएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडा भित्रका सामाजिक क्षेत्रमा आगामी दिनमा पनि व्यक्तिगत रुपमा सहयोग गर्दै जाने उहाँले प्रतिबद्दता जनाउनुभयो । श्रेष्ठ २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचत वडाअध्यक्ष हुनुहुन्छ ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link