लमजुङमा कुकुर विरालो बन्ध्याकरण अभियान

लमजुङ । लमजुङमा सामुदायिक तथा घरपालुवा कुकुर विरालोको बन्ध्याकरण अभियान सञ्चालन गरिएको छ ।

जिल्लाका दुई पालिकाले घरपालुला तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेका छन् । मस्र्याङ्दी र क्ब्होँलासोँथर गाउँपालिकाले कुकुरहरुको बन्ध्याकरण गरेका हुन् । सामुदायिक (छाडा) कुकुरका कारण समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको हो । कुकुरलाई रेबिजविरुद्ध खोप समेत लगाइएको छ ।

मस्र्याङ्दी गाउँपालिकाको खुदीमा आयोजना गरिएको शिविरमा ५६ वटा कुकुर र एउटा विरालोको बन्ध्याकरण गरिएको पशु शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङसँगको समन्वयमा शिविर आयोजना गरिएको न्यौपानेले बताउनुभयो ।

भेटेरिनरी अस्पतालका प्रमुख डा. सुनिल न्यौपानेसहितका पाँचजना चिकित्सक, पालिकाका प्राविधिक तथा कर्मचारीसहितको सहयोगमा शिविरमा कुकुर विरालोको बन्ध्याकरण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

यसैगरी क्ब्होँलासोथर गाउँपालिकाको मालिङमा सञ्चालन गरिएको शिविरमा ५१ वटा कुकुर र चारवटा विरालोको स्थायी बन्ध्याकरण गरिएको गाउँपालिका अध्यक्ष सूर्य गुरुङले जानकारी दिनुभयो ।

रेविज रोग नियन्त्रणका लागि राष्ट्रिय कार्यक्रम अन्र्तगत स्थानीय तहहरुसँग समन्वय गरेर कुकुर विरालोको बन्ध्याकरण शिविर सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार यो बर्ष बेसीसहर, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा पनि शिविर सञ्चालन गरिनेछ । गतबर्ष बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकामा शिविर सञ्चालन गरिएको थियो ।

सरकारले सन् २०३० सम्म पशुहरुमा लाग्ने प्रमुख रोगहरु उन्मुलन गर्ने कार्यक्रम राखेकाले रेविज रोगको उन्मुलनका लागि यो कुकुर विरालोको बन्ध्याकरण अभियान सञ्चालन गरिदैँ आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख न्यौपानेले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist