मनाङमा विद्यार्थी सङ्ख्या घट्दै

यदुप्रसाद भट्ट

मनाङ । मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ ।

मनाङकै सबैभन्दा दुर्गम मानिने नार्पाभूमि गाउँपालिका फुमा रहेको फु आवासीय विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको छ । त्यसै गरी १ देखि कक्षा ५ सम्मको सञ्चालन अनुमति पाएको विद्यालयमा इसिडीमा एक र प्राविमा एक गरी दुई शिक्षकको दरबन्दी रहेको छ । सोही पालिकाको नारमा रहेको कक्षा १–८ सञ्चालन अनुमति पाएको नार आवासीय विद्यालयमा दुई छात्रा र चार छात्र गरी जम्मा छ विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यहाँ शिक्षक दरबन्दी तीन रहेको छ । यस हिसाबले भन्ने हो भने तीन जना शिक्षकले छ जना विद्यार्थी पढाउँछन् । यस गाउँपालिकामा जम्मा विद्यालय सङ्ख्या दुई रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङको शिक्षक विद्यार्थी वितरण २०८१ मा उल्लेख छ ।

त्यसै गरी मनाङ ङिस्याङ गाउँपालिकामा नौ वटा विद्यालय छन् । नौ वटा विद्यालयका लागि शिक्षक दरबन्दी ४५ रहेको छ । यस पालिकामा रहेको एउटै मात्र अन्नपूर्ण माविमा ६५ जना विद्यार्थी अध्ययन गर्छन् भने १७ शिक्षकको दरबन्दी रहेको छ । दरबन्दीमध्ये एक जना प्रावि शिक्षक काजमा गएका छन् । 

कक्षा १–५ अनुमति पाएको भ्राका आवासीय विद्यालय भ्राकामा जम्मा विद्यार्थी आठ जना रहेका छन् । शिक्षक दरबन्दी चार छ भने एक दरबन्दी रिक्त नै छ । कक्षा १–५ अनुमति पाएको घ्यारु आवि घ्यारुमा जम्मा विद्यार्थी सङ्ख्या पाँच रहेको छ भने शिक्षक दरबन्दी तीन रहेको छ । त्यसै गरी कक्षा १–८ अनुमति पाएको हुम्डे आवि हुम्डेमा जम्मा विद्यार्थी सङ्ख्या तीन रहेको छ भने शिक्षक दरबन्दी पनि तीन नै रहेको छ । यस हिसाबले हेर्दा यहाँ एक शिक्षक बराबर एक विद्यार्थी देखिन्छ ।

मनाङ ङिस्याङकै कक्षा १–५ अनुमति पाएको लालीगुराँस आवि तलेखुमा १८ जना विद्यार्थी रहेका छन् भने शिक्षक दरबन्दी पाँच रहेको छ । कक्षा १–८ अनुमति पाएको ङावल आवि ङावलमा जम्मा विद्यार्थी सङ्ख्या पाँच र शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको पिसाङ आवि पिसाङमा जम्मा विद्यार्थी सङ्ख्या आठ छ भने शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको टङ्की आवि मनाङमा जम्मा विद्यार्थी सङ्ख्या दुई छ भने शिक्षकको दरबन्दी पनि दुई नै रहेको छ । यसरी हेर्दा एक विद्यार्थी बराबर एक शिक्षक देखिन्छ । त्यसै गरी मनाङ ङिस्याङकै कक्षा १–८ अनुमति पाएको तिलिचो आवि खाङसारमा जम्मा विद्यार्थी सङ्ख्या सात रहेको छ भने शिक्षक दरबन्दी तीन रहेको छ ।

त्यसै गरी चामे गाउँपालिकामा जम्मा चार विद्यालय छन् । तीमध्ये एउटा मात्रै मावि छ । हाल लोकप्रिय मावि चामेमा कक्षा १२ सम्म सञ्चालन छ । जम्मा विद्यार्थी सङ्ख्या १३८ रहेका छन् । कक्षा १–५ अनुमति पाएको विश्वशान्ति आवि कोतोमा चार विद्यार्थी सङ्ख्या र तीन जना शिक्षक भए पनि शिक्षक लोकप्रिय माविमा काजमा गएका छन् । कक्षा १–५ अनुमति पाएको दिनदयाल आवि थान्चोकमा एक जना मात्रै विद्यार्थी रहेका छन् । त्यहाँ शिक्षक दरबन्दी पाँच रहेको छ । यस हिसाबले हेर्ने हो भने एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक रहेको देखिन्छ । 

चामेकै कक्षा १–८ सञ्चालन अनुमति पाएको गौरीशङ्कर आवि तिमाङमा ८२ जना विद्यार्थीलाई सात जना शिक्षकले अध्यापन गराइरहेका छन् । नासोँ गाउँपालिकामा जम्मा ११ वटा विद्यालय छन् । तीमध्ये अमर आवि घेराङमा तीन जना शिक्षक दरबन्दी रहेको छ भने विद्यार्थी सङ्ख्या जम्मा एक रहेको छ । एक जना शिक्षक धारापानीमा काजमा गएको तथ्याङ्कले देखाउँछ । त्यसै गरी भानु मावि तालमा जम्मा विद्यार्थी सङ्ख्या सात हुँदा शिक्षक दरबन्दी १२ रहेकोमा तीन जना शिक्षक प्रकाशज्योति माविमा काजमा गएको देखिन्छ । धरापानी आवि धारापानीमा एक विद्यार्थी एक शिक्षक रहेका छन् ।

त्यसै गरी नासोँकै मस्र्याङ्दी आवि खोत्रोमा विद्यार्थी सङ्ख्या दुई हुँदा शिक्षक सङ्ख्या पाँच रहेको छ भने एक शिक्षक काजमा छन् । पशुपति आवि बगरछापमा जम्मा विद्यार्थी चार जना हुँदा सात शिक्षकले अध्यापन गराएको देखिन्छ । यस विद्यालयबाट पनि एक शिक्षक काजमा गएका छन् । त्यसै गरी सरस्वती आवि ओढारगाउँमा जम्मा विद्यार्थी सङ्ख्या दुई देखाइएको छ जसमा शिक्षकको सङ्ख्या भने छ रहेको छ । यस विद्यालयबाट तीन जना शिक्षक अन्य विद्यालयमा काजमा गएको देखिन्छ । यस पालिकाकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय प्रकाशज्योति मावि हो । यहाँ कक्षा १२ सम्म अध्यापन गराइन्छ । जम्मा विद्यार्थी सङ्ख्या १४० रहेको यस विद्यालयमा शिक्षक दरबन्दी १४ देखाइएको छ । अन्य विद्यालयबाट १८ जना शिक्षक यस विद्यालयमा काजमा आएको तथ्याङ्कले देखाएको छ । 

यस हिसाबले हेर्दा मनाङमा विद्यार्थी कम हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । उहाँले भन्नुभयो, “शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना, दिवा खाजा तथा आवासीय व्यवस्था गरिएको छ । यति गर्दा पनि विद्यार्थी घट्ने क्रममा छन् ।” 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist