सिमलचौर फाँटमा भूमिगत सिञ्चाईले दुईसय ५० रोपनी सिञ्चित

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ सिमलचौरका किसान कृष्णप्रसाद घिमिरेलाई बर्खाको समयमा धान रोप्न आकासको भर पर्नुपथ्र्यो । दैनिक बर्षा भएर मुल नफुटेसम्म धान रोपाई नै हुन्थेन् । उहाँको मात्र हैन सो क्षेत्रका ७५ भन्दा बढी घरधुरीलाई सिञ्चाईको लागि ठुलो समस्या थियो ।

अहिले भूमिगत सिञ्चाईका रुपमा लिफ्टिङ प्रणालीबाट पानी तानिएपछि घिमिरेसहित ७५ घरधुरीका खेतमा सिञ्चाईको राम्रो प्रबन्ध भएको छ । गण्डकी प्रदेश सरकारसँगै मस्र्याङ्दी गाउँपालिकाले विशेष गौरबको योजना अन्र्तगत भूमिगत सिञ्चाई आयोजना बनाएपछि किसानहरु लाभान्वित भएका हुन् । आयोजना बनेपछि सिमलचौर क्षेत्रका दुईसय ५० रोपनी क्षेत्रफलमा सिञ्चाईको राम्रो प्रबन्ध भएको छ ।

“सिञ्चाई नहुँदा खेतीपाती गर्न साह्रै नै समस्या थियो । खेती लगाउन आकासको भर पर्नुपथ्र्यो”, सिमलचौर भूमिगत सिञ्चाई उपभोक्ता समितिका अध्यक्ष कमान गुरुङले भन्नुभयो, “आयोजना बनेपछि बर्खासँगै हिउँदे खेती, फलफूल र तरकारी खेती गर्न सजिलो भएको छ । किसानहरु खुसी भएका छन् ।”

उपभोक्ता समितिका सचिव चन्द्रप्रसाद घिमिरेका अनुसार करिब सभा करोड लागतमा लिफ्टिङ प्रणालीको भूमिगत सिञ्चाई आयोजना निर्माण गरिएको हो । सिञ्चाई आयोजना निर्माणका लागि मस्र्याङ्दी गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा पाँच लाख, आर्थिक बर्ष २०७६÷०७७ मा गण्डकी प्रदेश सरकारबाट ५० लाख विनियोजन भई काम भएको घिमिरेले बताउनुभयो ।

यसैगरी आर्थिक बर्ष २०७७÷०७८ मा मस्र्याङ्दी गाउँपालिकाबाट तीन लाख, आर्थिक बर्ष २०७८÷०७९ मा १५ लाख र आर्थिक बर्ष २०७९÷०८० मा ३५ लाख रुपियाँ विनियोन भई काम सम्पन्न भएको वडा नं. ८ का वडा अध्यक्ष धनसिंह तामाङले जानकारी दिनुभयो । आयोजनाका लागि उपभोक्ताबाट प्रति रोपनी पाँचसय रुपैयाँका दरले ६९ हजार सातसय ५० रुपियाँ संकलन गरि लगानी गरिएको तामाङले बताउनुभयो ।

सो आयोजनाको सोमबार नेपाल सरकारका प्रबक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै किसानहरुलाई ब्यवसायीकरणमा जोड दिन आग्रह गर्नुभयो । सरकारले पूर्वाधार निर्माण गरिदिएपछि किसानहरु कृषि उत्पादनमा लाग्नुपर्ने उहाँले बताउनुभयो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सबै वडामा ब्यवसायिक कृषि गरि उत्पादन र बजारीकरणका लागि अभियान नै सञ्चालन गरिएको बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist