मस्र्याङ्दी गाउँपालिकाको सेवा प्रवाह नयाँ प्रशासकीय भवनबाट

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले स्थापनाको ७ वर्षपछि नयाँ प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ । आइतबार मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्मित प्रशासकीय भवनको उद्घाटनसँगै सेवा प्रवाह सुरु गरेको हो ।

नवनिर्मित भवनको नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । उहाँले स्थानीय सरकारले ठुला कामहरु भन्दापनि नागरिकलाई सर्वसुलभ सेवा दिनेगरि काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि उत्पादन, बजारीकरणका क्षेत्रमा काम गर्न सुझाव दिनुभयो ।

सो भवन शिलान्यास भएको १८ महिनामै भवन निर्माण सम्पन्न भएको हो । निर्वाचनको समयमा जनतासँग गरिएको प्रतिवद्धता अनुरुप एउटै भवनबाट सबै शाखाका सेवा प्रवाह गर्नेगरि प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

प्रशासकीय भवनको पहिलो तल्ला अपाङ्गमैत्री रहेको छ भने भवनको संरचनामा नै बेसमेन्ट पार्किङको समेत सुविधा छ । भवनसँगैको भित्तोलाई सदुपयोग गरेर क्यान्टिन निर्माण गरिएको छ । २८ वटा कोठाको तीन तले भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहने छ ।

हाल गाउँपालिकाको भवन नहुँदा साविकको भुलभुले गाविस भवनमा गाउँपालिका कार्यालय, पञ्चविचार प्राविमा वडा कार्यालय र केही शाखा कार्यालय सञ्चालनमा रहेका थिए केहि शाखाहरु खुदिमा संचालन भईरहेको छ । प्रशासकीय भवन निर्माणपछि हाल शाखाहरु छरिएर रहँदा जनताले पाएको सास्ति हटेर एकैठाउँबाट सर्वसुलभ सेवा पाउने विश्वास गाउँपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले बताउनुभयो ।

२०८२ जेठ २३ सम्म निर्माण सम्पन्न गर्नेगरि सम्झौता भएको भवनको २०८१ फागुन १५ गते अध्यक्ष गुरुङले शिलान्यास गरि निर्माण कार्यको प्रारम्भ गर्नुभएको थियो । भवन निर्माणको लागि संघीय सरकार स्थानिय पूर्वाधार कार्यालय र मस्र्याङ्दी गाउँपालिकाले ६०÷४० लागत बेहोर्ने गरि भ्याटसहित ५ करोड ९७ लाख ६६ हजार ७ सय ६ रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो ।

भवन निर्माणको काम शैलेन्द्र–जयज्योती–बौद्धनाथ जे.भीले गरेको थियो । २०८० जेठ २३ गते सम्झौता भई २०८२ जेठ २३ गते भित्र बनाइसक्ने गरी सम्झौता भएपनि तोकिएको समय अगावै भवन निर्माण गरेर हस्तान्तरण भएको ईन्जिनियर सुरेश गौतमले जानकारी दिनुभयो । तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न भएमा निर्माण कम्पनीलाई पुरस्कृत हुने र प्रोत्साहन रकम पाउने ब्यवस्था रहेको उहाँले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist