लमजुङ । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेललाई पितृशोक परेको छ ।
लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका–७ निवासी उहाँका बुवा तिलक बहादुर पौडेलको ९८ बर्षको उमेरमा मंगलबार दिउसो निधन भएको हो । पौडेल लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त हुनुहुन्थ्यो ।
पौडेल आइतबार एक्कासी बिरामी हुनुभएपछि प्रदेश अस्पताल बेसीसहरको आईसीयूमा भर्ना गरिएको थियो ।
आईसीयूबाट भेन्टिलेटरमा सारिएका पौडेललाई डाक्टर र पारिवारीक सल्लाह बमोजीम घर ल्याइएको थियो ।
लमजुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहनुभएका पौडेल विभिन्न सामाजिक सेवामा सक्रिय हुनुहुन्थ्यो ।
पौडेलको पार्थिव शरिरलाई मंगलबार दिउँसो ५ वजेपछि शवयात्रा सहित मस्र्याङ्दी आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
उहाँका २ छोरा र ६ छोरी रहनुभएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















