मर्स्याङ्दीको प्रशासकीय भवन सम्पन्न, सञ्चारमन्त्रीले २० गते उद्घाटन गर्ने

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । शिलान्यास भएको १८ महिनामै भवन निर्माण सकिएको हो ।

नवनिर्मित भवनमा यही माघ १९ गते सर्ने र २० गते उद्घाटन गर्ने गाउँपालिकाले तयारी गरेको छ । नवनिर्मित गाउँपालिका भवनको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त प्रशासकीय भवनको पहिलो तल्ला अपाङ्गमैत्री रहेको छ भने भवनको संरचनामा नै बेसमेन्ट पार्किङको समेत सुविधा रहेको छ । भवनसँगैको भित्तोलाई सदुपयोग गरेर क्यान्टिन निर्माण गरिएको छ ।

२८ वटा कोठाको तीन तले भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहने छ ।

हाल गाउँपालिकाको भवन नहुँदा साविकको भुलभुले गाविस भवनमा गाउँपालिका कार्यालय, पञ्चविचार प्राविमा वडा कार्यालय र केही शाखा कार्यालय रहेका छन् भने केहि शाखाहरु खुदिमा संचालन भईरहेको छ ।

प्रशासकीय भवन निर्माणपछि हाल शाखाहरु छरिएर रहँदा जनताले पाएको सास्ति हटेर सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास गाउँपालिकाले लिएको पालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

२०८२ जेठ २३ सम्म निर्माण सम्पन्न गर्नेगरि सम्झौता भएको भवनको २०८१ फागुन १५ गते अध्यक्ष गुरुङले शिलान्यास गरि निर्माण कार्यको प्रारम्भ गर्नुभएको थियो ।

भवन निर्माणको लागि संघीय सरकार स्थानिय पूर्वाधार कार्यालय र मस्र्याङ्दी गाउँपालिकाले ६०÷४० लागत बेहोर्ने गरि भ्याटसहित ५ करोड ९७ लाख ६६ हजार ७ सय ६ रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो ।

प्राविधिक र आर्थिक प्रस्तावमा सवै प्रक्रिया पूरा गरेर शैलेन्द्र–जयज्योती–बौद्धनाथ जे.भी.संग २०८० जेठ २३ गते सम्झौता भएको गाउँपालिकाका ईन्जिनियर सुरेश गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार निर्माण व्यवसायीले २०८२ जेठ २३ गते भित्र भवन बनाइसक्ने गरी सम्झौता भएको थियो । तर, तोकिएको समय अगावै भवन निर्माण गरेर हस्तान्तरण हुन लागेको उहाँले बताउनुभयो । तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न भएमा निर्माण कम्पनीलाई पुरस्कृत हुने र कमिशन रकम पाउने ब्यवस्था छ ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist