लमजुङमा सरकारी कार्यालयको अटेरी : कार्यान्वयन गरेनन ‘स्वतः प्रकाशन प्रावधान’

लमजुङ । सार्वजनिक निकायले २० प्रकारका सूचना तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि लमजुङमा यसको कार्यान्वयन हुन सकेको छैन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ मा सो प्रावधान रहेको छ ।

लमजुङका धेरैजसो सार्वजनिक निकायले स्वतः प्रकाशन प्रावधान कार्यान्वयनमा अटेरी गरेको पाइएको छ । स्थानीय तह, संघ तथा प्रदेश सरकार मातहतका कार्यालयहरुले स्वतः प्रकाशन अद्यावधिक नगरेपछि जिल्ला प्रशासन कार्यालयले ताकेता गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको कार्यालय प्रमुखहरुको बैठकमा स्वतः प्रकाशन प्रावधानको विषय उठेको थियो । बैठकले सबै कार्यालयलाई समयमा नै स्वतः प्रकाशन प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताउनुभयो । “स्वतः प्रकाशन अध्यावधिक नभएका कार्यालयलाई तीन दिन भित्र अध्याबधिक गर्न भनेका छौं । अध्याबधिक भएका कार्यालयलाई नियमितता अपनाउन निर्देशन दिएका छौं”, प्रजिअ गुरुङले भन्नुभयो, “अबका दिनमा अनुगमन गरि समयमा नै अध्याबधिक नगर्ने कार्यालयलाई कारबाही गछौं ।”

जिल्लामा स्वतः प्रकाशन गर्नुपर्ने दर्जनौ सरकारी तथा गैरसरकारी कार्यालयहरु भएपनि अति थोरै कार्यालयले मात्रै स्वतः प्रकाशनलाई निरन्तरता दिएका छन् । सार्वजनिक निकायमा सार्वजनिक चासोका विषयमा नागरिकले सूचना माग्न पाउने संवैधानिक ब्यवस्था छ । सार्वजनिक निकायबाट सम्पादन हुने कार्यलाई नियमित सार्वजनिक गर्नसके सम्बन्धित कार्यालयमा नागरिक निगरानी बढ्ने, अनियमितता हट्ने, सुशासन कायम हुने र राज्य तथा सार्वजनिक निकायप्रति नागरिक दायित्व र अपनत्व कायम हुने मान्यता छ ।

सार्वजनिकमात्र नभई आफ्नो सरोकारको विषयमा पनि सूचना माग गर्ने र प्राप्त गर्ने महत्वपूर्ण अधिकारलाई आमनागरिकले पनि त्यही रूपमा प्रयोग गर्नसके सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था प्रभावकारी हुने नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल बताउनुहुन्छ । सूचनाको हकसम्बन्धी ऐन र नियमावलीमा भएको यो व्यवस्था कार्यान्वयनका लागि सरोकारवालाहरुले पहल गर्नुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist