लमजुङमा छ हजार बढी छात्रालाई एचपिभी खोप लगाइने

लमजुङ । लमजुङमा ६ हजार बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ ।

जिल्लाका आठ पालिकाका छ हजार ५४४ जना बालिकालाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । यसमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छ हजार ४०६ जना छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १३८ जना बालिका रहेका छन् ।

कार्यालयका अनुसार जिल्लामा विद्यालय जाने र विद्यालय नजाने किशोरीहरुका लागि दुई चरणमा सो खोप लगाइने भएको छ । माघ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने खोप अभियानमा बेसीसहर नगरपालिकामा एक हजार ७१९ जना विद्यालयका र विद्यालय बाहिरका १५ जना, सुन्दरबजार नगरपालिकामा एक हजार १६७ र विद्यालय नजाने ५६ जना, मध्यनेपाल नगरपालिकामा एक हजार १७ जना तथा विद्यालय नजाने १४ जना र राइनास नगरपालिकामा ७८० जना र विद्यालय नजाने १२ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

त्यस्तै, गाउँपालिकातर्फ दोर्दी गाउँपालिकामा ५०९ जना विद्यालयका र विद्यालय नजाने १० जना, मस्र्याङ्दी गाउँपालिकामा ६६५ र विद्यालय नजाने ७ जना, क्व्होलासोथर गाउँपालिकामा ३१९ जना विद्यालय नजाने १० जना र दुधपोखरी गाउँपालिकामा २६० जना विद्यालयका र विद्यालय नजाने १४ जना बालिकालाई सो खोप प्रदान गरिने भएको छ ।

खोप अभियानमा जिल्लाका १३४ जना तालिमप्राप्त स्वास्थ्यकर्मी र २६८ जना स्वयम्सेवक खटिने छन् । खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानका विद्यालयमा १३४ वटा र विद्यालयभन्दा बाहिर ८० वटा खोप केन्द्र रहने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका हेल्थ असिस्टेन्ट कमल ओलीले जानकारी दिनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालका अनुसार अभियानमा खोप लगाउन छुटेकाहरुका लागि माघ २७ गते प्रदेश अस्पताल बेँसीसहरमा खोप लगाउने ब्यवस्था गरिएको छ ।

खोप अभियान प्रभावकारी बनाउन सरोकारवालालाई अभिमुखीकरण, खोपबाट हुन सक्ने समस्या समाधानका लागि चिकित्सकसहितको टोली परिचालन गरिने खनालले जानकारी दिनुभयो । प्रदेश अस्पताल लमजुङका प्रमुख डा. शिशिर देवकोटाले गर्भवती, क्यान्सर रोगी र सिकिस्त बिरामी बाहेक सबै लक्षित छात्राहरूलाई खोप लगाउन हुने जानकारी दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सर विरुद्ध यो खोप एकदमै प्रभावकारी रहेकाले विना हिचकिचावट खोप लगाउन आग्रह गर्नुभयो ।

यसैबिच खोप कार्यक्रम प्रभावकारी बनाउन जिल्लास्थित खोप समन्वय समितिको वैठक तथा सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । बेसीसहरमा भएको कार्यक्रममा महिलाको पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि खोप कार्यक्रमलाई प्रभावकारी बनाउनु सबैको दायित्व रहेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले जोड दिनुभयो । खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउने गरी सबैको एकीकृत पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपालमा प्रत्येक वर्ष दुई हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने र सोमध्ये एक हजार ३१३ जनाको उक्त क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist