एमाले गण्डकी अधिवेशन : अध्यक्षमा शर्मा र सचिवमा दवाडीसहित पृथ्वीसुब्बा पक्षका प्यानल विजयी



पाेखरा । एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी भएका छन् । लमजुङका मायानाथ अधिकारीलाई हराउँदै बिहीबार उनी विजयी भएका हुन् ।

गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा स्थायी समिति सदस्य खगराज अधिकारी समर्थित उम्मेदवारलाई हराउँदै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थित प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा विजयी शर्माले ५ सय ३१ मत ल्याउँदा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङले ५ सय ३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत पाए ।

सचिवमा लमजुङका धनञ्जय दवाडीले कास्कीका रश्मि आचार्यलाई पराजित गरे । दवाडीको ५ सय २० मत आउँदा आचार्यले ३ सय ३७ मत पाए । उपसचिवमा कास्कीका दामबहादुर विक ४ सय ९९ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे । महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारी ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मीना गुरुङले ३ सय ६५ मत प्राप्त गरिन् ।

बिहीबार भएको मतदानमा ९ सय ७ प्रतिनिधिमध्ये ८ सय ९६ मत खसेको थियो । १ सय ६२ पदका लागि ३ सय ८२ ले उम्मेदवारी दिएका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

लमजुङ । लमजुङको राइनास नगरपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । नगरपालिका स्थापना भएको ९ वर्षपछि राइनासले आफ्नै भवनबाट...

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष...

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist