बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । आइतबार दिनभरको वर्षाले बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । योे सडकअन्तर्गत बेँसीसहर नगरपालिकाको वडा नं. १ उदीपुरको अँधेरीखोलामा बाढीले र दलालमा पहिरो आउँदा आइतबार दिउसोबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठका अनुसार लगातारको बर्षाले दिउसाे चारबजेपछि पहिरो खस्ने क्रम सुरू भएकाे थियाे । पहिराे र बाढी राती अबेरसम्म नरोकिएकाले पहिरो हटाउन समस्या परेको छ । पहिरो गएको स्थानमा सडक विभागको डोजरले पहिरो पन्छाउने काम गरिरहे पनि बर्षाका कारण पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको उनले बताए ।

बर्षाका कारण उदीपुर बजारमा रहेको खोल्सामा बाढी आएको छ । यसबाहेक अँधेरी खोला र दलालको सैनिक ब्यारेक अगाडि समेत बाढी र पहिरो आइ सडकमा ठूलो मात्रामा गेग्रान थुप्रेको छ । यसैगरि बेसीशहरको वडा नंं २ गैरीमा पनि बर्षाका कारण पहिरो सडकमा खसेपछि सडक अबरुद्ध भएको छ । पहिरोले ढुंगा माटोसंगै  रुखसमेत सडकमा लडेपछि सडक अबरुद्ध भएको हो । प्रहरीका अनुसार त्यहाँ पनि पहिरो पन्छाउने काम भइरहेको छ ।

सडक अवरुद्ध भएपछि बेसीशहरबाट बाहिरिने र अन्यत्रबाट बेसीशहर भित्रिने सवारी साधन र यात्रुहरु यात्रु अलपत्र परेका छन् । 

उदीपुरमा दिउसाे ४ बजेदेखि सडक अबरूद्ध भएकाे हाे । अबरूद्ध सडक खुल्ने सम्भावना कम भएपछि अलपत्र परेका यात्रुहरूका लागि उदीपुर क्षेत्रमा बसाेबासकाे समस्या परेकाे थियाे ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist