बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । आइतबार दिनभरको वर्षाले बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । योे सडकअन्तर्गत बेँसीसहर नगरपालिकाको वडा नं. १ उदीपुरको अँधेरीखोलामा बाढीले र दलालमा पहिरो आउँदा आइतबार दिउसोबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठका अनुसार लगातारको बर्षाले दिउसाे चारबजेपछि पहिरो खस्ने क्रम सुरू भएकाे थियाे । पहिराे र बाढी राती अबेरसम्म नरोकिएकाले पहिरो हटाउन समस्या परेको छ । पहिरो गएको स्थानमा सडक विभागको डोजरले पहिरो पन्छाउने काम गरिरहे पनि बर्षाका कारण पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको उनले बताए ।

बर्षाका कारण उदीपुर बजारमा रहेको खोल्सामा बाढी आएको छ । यसबाहेक अँधेरी खोला र दलालको सैनिक ब्यारेक अगाडि समेत बाढी र पहिरो आइ सडकमा ठूलो मात्रामा गेग्रान थुप्रेको छ । यसैगरि बेसीशहरको वडा नंं २ गैरीमा पनि बर्षाका कारण पहिरो सडकमा खसेपछि सडक अबरुद्ध भएको छ । पहिरोले ढुंगा माटोसंगै  रुखसमेत सडकमा लडेपछि सडक अबरुद्ध भएको हो । प्रहरीका अनुसार त्यहाँ पनि पहिरो पन्छाउने काम भइरहेको छ ।

सडक अवरुद्ध भएपछि बेसीशहरबाट बाहिरिने र अन्यत्रबाट बेसीशहर भित्रिने सवारी साधन र यात्रुहरु यात्रु अलपत्र परेका छन् । 

उदीपुरमा दिउसाे ४ बजेदेखि सडक अबरूद्ध भएकाे हाे । अबरूद्ध सडक खुल्ने सम्भावना कम भएपछि अलपत्र परेका यात्रुहरूका लागि उदीपुर क्षेत्रमा बसाेबासकाे समस्या परेकाे थियाे ।

लोकदृश्य
+ posts

ताजा खबर

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

  लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेलाई गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ । प्रेस...

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

  लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।...

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको...

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ । किसानले विस्तारै कागुुनो खेती...

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको...

खुला म्याराथनमा बस्नेत च्याम्पियन

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली...

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist