स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

लमजुङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ट बनेको छ । 

लमजुङका ८ वटा पालिकामध्ये मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ट बनेको हाे । 

आर्थिक वर्ष २०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजाअनुसार मर्स्याङ्दी गाउँपालिकाले ७५ दशमलव ५० अंक प्राप्त गरेको हो । मन्त्रालयले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार बेंसीसहर नगरपालिकाले ७१ दशमलव ५० अंक, राइनास नगरपालिकाले ७१ र सुन्दरबजार नगरपालिकाले ७० दशमलव २५ अंक प्राप्त गरेको छ ।

दोर्दी गाउँपालिकाले ६२ दशमलव ७५ अंक, क्व्होलासोथार गाउँपालिकाले ६० दशमलव ५०, दूधपोखरी गाउँपालिकाले ४८ दशमलव २५ अंक र सबैभन्दा कम मध्यनेपाल नगरपालिकाले ४६ दशमलव ५० अंक प्राप्त गरेको छ ।

मन्त्रालयले प्रशासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट टथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्याययिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा सूचक बनाएर स्थानीय तहको स्वमूल्यांकन नतिजा प्रकाशित गर्दै आएको छ ।

लमजुङमा सवैभन्दा बढी अंक प्राप्त गरेको मर्स्याङ्दी गाउँपालिकाले शासकीय प्रबन्ध, सामाजिक समावेशीकरण र संरक्षण तथा विपद् व्यवस्थापनमा अन्य ७ वटा पालिकाभन्दा बढी अंक प्राप्त गरेको छ ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जनप्रतिनिधि र कर्मचारीको मिहिनेतबाट जिल्लामा सबैभन्दा बढी अंक प्राप्त गर्न सफल भएको बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

  लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।...

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको...

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको...

खुला म्याराथनमा बस्नेत च्याम्पियन

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली...

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist